आज गाई पूजा : पूजाआजा गरी मनाइँदै

केशबराज पाैडेल
२०७९ कार्तिक ८, मंगलवार


काठमाण्डौ – तिहार अन्तर्गत आज गाईपूजा । गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो ।

गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने हरेक कर्ममा गाईदान गर्ने विधि छ । पछिल्लो समय गाईको अभावमा पैसा राखेर गाईको अभावमा भनी सङ्कल्प पढिन्छ ।

गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिo .

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।
गाईलाई गौमाताका रुपमा सम्मान पनि गरिन्छ । गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रुपमा राखिएको छ ।

Next Post

आज खण्डग्रास सूर्यग्रहण लाग्दै : ३२ मिनेट नेपालबाट ग्रहण देखिने

२०७९ कार्तिक ८, मंगलवार
काठमाण्डौ – कात्तिक कृष्ण औँसीका दिन आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ । अपराह्न ४ बजेर ५२ मिनेटमा ग्रहण सुरु हुने र साँझ ५ बजेर २४ मिनेटमा सकिने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। ग्रहणले बेलुकी पौने सात बजे छोड्नेछ । ३२ मिनेट नेपालबाट ग्रहण देखिने उउनले बताय। खण्डग्रास सूर्यग्रहण […]