
काठमाडौँ – प्रतिनिधि सभाको कार्यकाल आगामी असोज १ मा सकिने भएसँगै राष्ट्रिय सभाले उत्पत्ति गरेका १० वटा विधेयक भने अगाडि नबढ्ने भएका छन् । विधेयक उत्पत्ति भइसकेपछि अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विषयगत मन्त्रीसँग प्रतिनिधि सभामा पठाउने वा के गर्ने भन्ने बारेमा छलफल गरेका थिए
सम्बन्धित मन्त्रीहरूले छोटो समय भएका कारण प्रक्रिया पूरा गरेर फिर्ता पठाउने निश्चित नभएको जवाफ दिएका छन् ।
अख्तियार दुरुपयोग, भ्रष्टाचार निवारण, विद्युत, सुरक्षण मुद्रण, खाद्य स्वच्छता, अभिलेख संरक्षण, सार्वजनिक सेवा प्रसारण, शपथ ग्रहण, अनुगमन तथा मूल्याङ्कन र प्रतिलिपी अधिकार पहिलो संशोधन सम्बन्धी विधेयक रोक्नुपरेको संसद सचिवालयका सह प्रवक्ता दशरथ धमलाले बताएका छन ।
संसदको वर्षे अधिवेशन सुरु भएसँगै राष्ट्रिय सभाको बैठक ४० दिनमा ४५ पटक बसेको छ ।


