इनार सफा गर्ने क्रममा दैलेखका दुई युवाकाे सुर्खेतमा मृत्यु

केशबराज पाैडेल
२०८१ असार ४, सोमबार १८:५८

सुर्खेत । सुर्खेत वीरेन्द्रनगर वडा नम्बर- ११ मा इनार सफा गर्ने क्रममा दुइजनाकाे मृत्यु भएको छ । प्रहरीका अनुसार वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ का तोर्ण विकको घरको इनार सफा गर्ने क्रमममा निसास्सिएर उनिहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दैलेखको चामुण्डा घर भई हाल वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ पिपिरा बस्ने बर्ष ३२ विद्यु प्रसाद रेग्मी र साेही ठाँउका ३१ बर्षिया लक्ष्मी प्रसाद कंडेल रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेत सुचना अधिकारी वीरेन्द्रबीर विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार अक्सिजनको अभाव भएपछि बेहोस भएका उनिहरुलाई प्रदेश अस्पताल कालागाउँ पु¥याएपछी दुबैजनाको मृत्यु भएको हो ।नेपालिरैबार

Next Post

दैलेख अस्पतालमा आँखाकाे समेत उपचार हुने (भिडियाे)

२०८१ असार ४, सोमबार १८:५८
दैलेख जिल्ला अस्पतालबाट अब आँखाको पनि उपचार हुने भएको छ । आजदेखि आँखा उपचार सेवा पनि सुचारु भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. धर्मराज रेग्मी बताए । आँखाको ओपिडी सेवा सुरु गरेर आँखा उपचार सेवा थप गरिएको उनको भनाई छ । अबदेखि आँखाका समस्या भएका दैलेख लगाएत आसपासका बिरामीहरूले […]