दुल्लु अस्पतालले निकाल्यो प्रेस विज्ञप्ति ,दोषिलाई कार्वाही नभए सम्पुर्ण सेवा बन्द रहने

केशबराज पाैडेल
२०७९ मंसिर २५, आईतवार १६:५०

२५ मंसिर २०७९ ,दैलेख

दैलेख: दुल्लु नगरपालिका स्थित दुल्लू अस्पतालको प्रशासनिक फाँटमा प्रवेश गरी एक नागरिकले स्वास्थकर्मीलाई अपशब्द प्रयोग गरेका छन ।अपशब्द बोल्ने तथा गालि गर्ने व्यक्तिलाई उचित कानुनी कार्वाही नभए अस्पतालका सम्पूर्ण सेवा बन्द गर्ने दुल्लु अस्पतालले जनाएको छ ।

आज अस्पतालले निकालेको प्रेस विज्ञप्ति अनुसार आईतवार कार्यालय समयमा टिकाराम कार्की नाम गरेका व्याक्तिले विना अनुमति अस्पतालको प्रशासनिक तथा स्टोर फाँटमा प्रवेश गरी प्रशासनिक कार्य गरिरहेको समयमा दुल्लु अस्पताल प्रमुख मे.सु. डा .राजन नारायण नकर्मी लगायत स्वास्थकर्मीलाई गालिगलोज, छाडा अपशब्द बोल्दै हातपात सहित ज्यान मार्ने धम्की दिएकोले दोषिमाथी उचित कानुनी कार्वाहीको माग राख्दै कार्वाही नभए अस्पतालका सम्पूर्ण सेवाहरु बन्द गर्ने दुल्लु अस्पतालले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Next Post

दुल्लू अस्पतालले सेवाशुल्क बढायो: भिडियो एक्सरेको ५००

२०७९ मंसिर २५, आईतवार १६:५०
२७ मंसिर २०७९ ,दैलेख दैलेख : दैलेखको दुल्लू नगरपालिकामा रहेको (सरकारी अस्पताल)दुल्लू अस्पताल बाट प्रवाह हुने सेवा सुविधाको शुल्क बढाइएको छ । बिरामीको प्रति भिडियो एक्सरेको शुल्क रु ५०० कायम गरिएको छ ।यस्तै अस्पतालमा नाम दर्ता शुल्क पनी ५ रुपयाँ बढाएर रु ३० रुपयाँ कायम गरिएको छ । अस्पताल ब्यबस्थापन […]