देशभर मेघ गर्जन,चटयाङ र असिनासहित हल्का देखि मध्यम वर्षाको सम्भावना

गज्जब नेपाल
२०७८ माघ २१, शुक्रबार ०९:४८

२१ माघ २०७८,  काठमाडौँ ।

आज बिहानैदेखि देशभर सामान्य तथा पुर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन, चटयाङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका धेरै स्थानहरुमा मेघ गर्जन,चटयाङ र असिनासहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाइएको छ । साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । गएराति पनि धेरै स्थानमा हिमपात भएको छ । आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन, चटयाङ तथा असिनासहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । राति पनि देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । हाल मुलुकभर पश्चिमी न्युन चापीय प्रणालीको प्रभावका कारण मौसम बदली भएको छ ।

Next Post

तत्काल फाईभजी सेवा परीक्षण गर्न नेपाल टेलिकमलाई सञ्चार मन्त्रीकाे निर्देशन

२०७८ माघ २१, शुक्रबार ०९:४८
माघ २२, २०७८, काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फाईभजी सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई निर्देशन दिनु भएको छ । मन्त्री कार्कीले नेपाल दूर सञ्चार प्राधिकरणले फाइभजी सेवा परीक्षणका लागि स्वीकृति दिइसकेको उल्लेख गर्दै त्यसको तत्काल परीक्षण गरी आम जनतामा सेवा पुर्‍याउन नेपाल टेलिकमलाई निर्देशन दिनु भएको […]