कक्षा १२ को नतिजा सार्वजनिक ,यसरि हेर्न सकिन्छ नतिजा

केशबराज पाैडेल
२०८० श्रावण ३०, मंगलवार १९:४७

कक्षा-१२ को नतिजा सार्वजनिक भएको छ। मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले २०८० सालको कक्षा-१२ को नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।

बोर्डले नेपाल टेलिकमले आइभिआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने जनाएको छ। नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र (उत्तीर्ण) भएका छन् । त्यसैगरी ४९.०९ प्रतिशत भने नन ग्रेडेड भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डले ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्दै आएको छ। उनीहरूले माथिल्लो तह अध्ययन गर्न पाउँदैनन्। माथिल्लो तह अध्ययन गर्न चाहनेले पुन: ग्रेडवृद्धिको परीक्षा दिनुपर्नेछ।

यसरि हेर्न सकिन्छ नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np

Next Post

बीमा रकमकाे आशमा आफ्नै टिपरमा आगजनी गर्ने तीन जना पक्राउ

२०८० श्रावण ३०, मंगलवार १९:४७
काठमाडौं– गत साउन १३ गते प्रहरी वृत्त चापागाउँ ललितपुरमा कोटेश्वर बस्दै आएका रामेछाप मन्थलीका ३४ वर्षीय प्रदीपकुमार खत्री आफ्नो टिपरमा आगलागी भएकाले अनुसन्धान गरिपाउँ भन्ने निवेदन लिएर आए। साउन १२ गते राति सवा १ बजेतिर टिपरमा अज्ञात समूहले पेट्रोल छर्किएर आगो लगाएकाले त्यसको अनुसन्धान र बीमा प्रयोजनार्थ सिफारिस माग गरे। […]