दुल्लू अस्पतालले सेवाशुल्क बढायो: भिडियो एक्सरेको ५००

केशबराज पाैडेल
२०७९ मंसिर २७, मंगलवार १७:२८

२७ मंसिर २०७९ ,दैलेख

दैलेख : दैलेखको दुल्लू नगरपालिकामा रहेको (सरकारी अस्पताल)दुल्लू अस्पताल बाट प्रवाह हुने सेवा सुविधाको शुल्क बढाइएको छ ।

बिरामीको प्रति भिडियो एक्सरेको शुल्क रु ५०० कायम गरिएको छ ।यस्तै अस्पतालमा नाम दर्ता शुल्क पनी ५ रुपयाँ बढाएर रु ३० रुपयाँ कायम गरिएको छ । अस्पताल ब्यबस्थापन समितिको निर्णय अनुसार गत ०७९ असोज १ गतेदेखी बिरामी भर्ना तथा दर्ता शुल्क र अन्य सम्पुर्ण सेवा शुल्क थप गरिएको हो ।यस अघि दर्ता शुल्क रु २५ र भिडियो एक्सरे शुल्क रु ४०० रहेको थियो ।

अहिले भने दुल्लू अस्पाताल सरकारी अस्पताल भएपनी पहिलाको तुलनामा महंगो भएको छ । अस्पतालमा अप्रेशन लगाएतका नयाँ सेवा सुबिधा थप गर्नको लागी र नयाँ आवश्यक सामान जडान गर्नका लागी शुल्क बढाइएको दुल्लू अस्पतालका कार्यालय प्रमुख डा.राजन नर्कमीको भनाई रहेको छ । देशका अन्य सम्पुर्ण सरकारी अस्पतालमा भने पुरानै दर रकम रहेको छ ।

Next Post

एमडीएमएसमा दर्ता नभएका मोबाइलहरु पुस १५गतेभित्र दर्ता गर्न आह्वान

२०७९ मंसिर २७, मंगलवार १७:२८
काठमाण्डौ – नेपाल दूरसञ्चार प्राधिकरणले आउँदो पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने जनाएको छ । आज शनिबार सूचना निकालेर प्राधिकरणले पुस १५ गतेभित्र मोबाइलहरु दर्ता गर्न आह्वान गरेको छ । नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट आउँदो पौष १५ गतेदेखि दर्ता नगरिने र यस्ता […]