दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको निधन (भिडियाे)

गज्जब नेपाल
२०७९ माघ २७, शुक्रबार १४:३१

२७ माघ २०७९, दैलेख

दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरूङको निधन भएको छ । गुरुङ्गको हृदयाघातका कारण शुक्रबार निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिएका छन् । प्रहरीका अनुसार बिहान ११ बजेर ३६ मिनेटमा जिल्ला अस्पताल दैलेखमा उनलाई मृत घोषणा गरेको थियो ।

महाबु गाउँपालिकाकी उपाध्यक्ष मञ्जुकुमारी शर्माका अनुसार उनी विहान गैंडावाजबाट सकुशल दैलेख सदरमुकाम आउनु भएको थियो । अस्पतालले उहाँलाई हृदयाघातका कारण गाडीमै निधन भइसकेको भनेको उपाध्यक्ष शर्माले बताईन ।

यस अघि अध्यक्ष गुरुङ्गलाई मुटुमा दुखाई बढेपछि जिल्ला सदरमुकामको एक मेडिकलमा ल्याईएको थियो । मेडिकलले अवस्था सामान्य बताएपछि गुरुङ्ग बिहिबार रातीनै फिर्ता भएका थिए । शुक्रबार बिहान पुनः मुटु दुख्न थालेपछि गुरुङ उपचार पनि गर्ने कार्यालयको काम पनि गर्ने भनेर सदरमुकाम आएका थिए ।

उनलाई अस्पताल पुग्नै लाग्दा हृदयघात भएको थियो । गरुङ्गको शब श्रद्धाञ्जलीका लागि नेपाली काँग्रेस पार्टी कार्यालयमा राखिएको छ । यसपछि शबलाई बडाखोला स्थित उहाँको निवासमा लिने तयारी भैरहेको छ ।

२०७९ को निर्वाचनमा उनी नेपाली काँग्रेसबाट महाबु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । ७९ बर्षीय गुरुङ कणर्ाली प्रदेशका पालिका प्रमुखमध्ये जेष्ठ सदस्य हुन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका गुरूङ दुई हजार ९७९ मत पाएर विजयी भएका थिए ।

भिडियाे हेर्नुहाेस्ः

https://fb.watch/iBMhuHgAXC/

Next Post

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

२०७९ माघ २७, शुक्रबार १४:३१
काठमाण्डौ – आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गंगा नगरकोटीका अनुसार आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान छ । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण केही दिनदेखि देशका धेरैजसो ठाउँमा पानी परिरहेको छ ।गएराति पनि काठमाण्डौ उपत्यकासहित केही ठाउँमा पानी […]