कक्षा १२ को परीक्षाफल प्रकाशितः यसरी हेर्नुहाेस् ग्रेडशिट

गज्जब नेपाल
२०७९ भाद्र १७, शुक्रबार

 भाद्र १७, २०७९भक्तपुर —

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको छ । प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी (नन ग्रेडिङ) उल्लेख हुने छ ।

यस्तो व्यवस्था बोर्डले पहिलोपटक लागू गरेको हो । यसवर्ष नियमित तर्फ १ लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन् भने ४ जिपीए ल्याउने संख्या शून्य रहेको छ । एनजी उल्लेख हुने विद्यार्थीले उच्च शिक्षामा भर्ना हुन पाउँदैनन् ।

दुई विषयमा मात्रै एनजी आएमा ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ । परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

यसरी हेर्नुहोस् परीक्षाफल

१. राष्ट्रिय परीक्षा बोर्डको website: www.neb.gov.np

२. नेपाल टेलिकमको website : www.neb.ntc.net.np

ग्रेडशीट हेर्न यहाँ क्लिक गर्नुहाेस्

MS सेवा :

१. नेपाल टेलिकमको १६०० मा SMS गर्ने तरिका : NEB Symbol No. टाइप गरी १६०० मा SMS गर्ने ।

IVR सेवा :

१. नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने छ ।

Next Post

फोटो पत्रकार महासंघ कर्णालीको अध्यक्षमा केसी

२०७९ भाद्र १७, शुक्रबार
सुर्खेत, १८ भदौ नेपाल फोटो पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षमा गोविन्द केसी चयन भएका छन् । महासंघको शनिवार वीरेन्द्रनगरमा सम्पन्न भेलाले केसीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा ज्योती कटुवाल, सचिवमा तीर्थ भण्डारी, कोषाध्यक्षमा अप्सरा विष्ट, सह–सचिवमा नविन शाही चयन भएका छन् । यस्तै सदस्यहरुमा […]