आगामी मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्दै

केशबराज पाैडेल
२०७९ कार्तिक ४, शुक्रबार १०:२५

काठमाडौं – कार्तिक कृष्ण औँसी अर्थात् आगामी मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्दै छ।

मंगलबार अपराह्न ४ बजेर ५२ मिनेटमा ग्रहण सुरु (स्पर्श गर्ने) हुने नेपाल पञ्चांग निर्णायक विकास समितिबाट अनुमति पाई प्रकाशित पात्रोमा उल्लेख छ। साँझ ५ बजेर २४ मिनेटमा सकिने (मोक्ष हुने) छ। पञ्चांगका अनुसार यो ग्रहण वृष, सिंह, धनु र मकर राशिलाई शुभ छ। मेष, मिथुन, कर्कट, कन्या, तुला, वृश्चिक, कुम्भ र मीन राशिलाई अशुभ हुने उल्लेख छ।

खगोलविद् डा.जयन्त आचार्यका अनुसार ग्रहण ४.५३ मा सुरु भई ५.२६ मा सकिने छ। ​खगोलविद् आचार्यका अनुसार सूर्य नांगो आँखाले हेर्न हुँदैन। विशेष किसिमको यन्त्रबाट मात्र हेर्नुपर्छ। विशेष किसिमको चस्मा, टेलिस्कोप, बाइनाकुलर प्रयोग गरेर ग्रहण हेर्न सकिने उनले बताए।

यो ग्रहण नेपालका सबै भूभाग विशेषगरी पूर्वी भागबाट प्रष्ट देख्न सकिने छ। यो ग्रहण नेपाललगायत भारत, पाकिस्तान, अफगानिस्तान, इरान, इराक, मध्य एसिया, युरोप, उत्तर अफ्रिका, मंगोलिया, सिरिया र नर्वेलगायत देशबाट देख्न सकिने आचार्यले बताए।

 

Next Post

आज लक्ष्मी पुजा : धनकी देवी लक्ष्मीको पूजा आराधना गरिँदै

२०७९ कार्तिक ४, शुक्रबार १०:२५
काठमाण्डौ – सोमबार साँझमा दीपावलीसहित धनकी देवी लक्ष्मीको पूजा–आराधना गरिँदैछ। यो दिनलाई यमपञ्चक अर्थात् तिहारको सबैभन्दा महत्त्वपूर्ण दिन मानिन्छ। यमपञ्चक अन्तर्गत आज धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ । घरमा बिहानै सफा सुग्घर तथा गाईको गोबर एवम् रातोमाटोले लिपपोतसँगै दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ […]