देशभर झरी,आज देशका केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना

केशबराज पाैडेल
२०७९ भाद्र ३१, शुक्रबार

काठमाण्डौ – देशभर झरी परीरहेको छ । आज दिनभरजसो नै झरी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आज धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने केही ठाउँमा अति ठूलो पानी पर्ने अनुमान गरिएको मौसमविद् हिरा भट्टराईले जानकारी दिइन । उनका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना छ ।

भोलि पनि झरी पर्ने सम्भावना छ । गएराति पनि देशका धेरै ठाउँमा पानी परेको थियो भने गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको थियो । भोलि पनि पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम बढेको भन्दै मौसमविद्ले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

यस्तै, नदी तथा खोला नालामा पनि आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्रका नागरिकलाई सावधानी अपनाउन आग्रह गरिएको छ ।

Next Post

सौर्य एयरलाइन्सको जहाज अवतरण गर्दा विमानस्थलमा स्याल देखिएपछि....

२०७९ भाद्र ३१, शुक्रबार
धनगढी – धनगढी विमानस्थलमा स्याल देखिएपछि सौर्य एयरलाइन्सको जहाज अवतरणमा समस्या आएको छ। धावन मार्गमा स्याल आएपछि जहाज अवतरणमा समस्या भएको हो । शुक्रबार काठमाडौँबाट उडेको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा धान मार्गमा स्याल देखिएपछि पुनः जहाज आकाशमै फर्किएको बताइएको छ। जहाजले धनगढीको आकाशमा करिब दुई मिनेटसम्म फन्को मार्नुपरेको […]