बुटवल ।
भौतिक पूर्वाधार बिकास कार्यालय, बाँकेका सिनियर इन्जिनियर पाँच लाख ३० हजार घुससहित पक्राउ परेका छन् । पूर्वाधार विकास कार्यालय, बाँकेका कार्यालय प्रमुख समेत रहेका मनिषकुमार अर्याल श्रोत नखुलेको रु ५ लाख ३० हजार नगदसहित पक्राउ परेका छन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
अर्याललाई कार्यालयको गाडीसहित भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश नं ५ बुटवलको कार्यालय परिसरबाट पक्राउ गरिएको हो । अर्याललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार दुरूपयाेग अनुसन्धान आयोग बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिएका छन् ।



