यूरोपा लिगमा म्यान्चेस्टरको उपाधी जित्ने सम्भावना सकियो

गज्जब नेपाल
२०७७ भाद्र १, सोमबार

काठमाडौं ।

इंग्लिश क्लब म्यान्चेस्टर युनाइटेडको युरोपा लिगको उपाधि जित्ने यात्रा टुंगिएको छ । गएराति भएको खेलमा सेभियाले म्यान्टेस्टरलाई २–१ गोलअन्तरले पराजित गरेसँगै म्यान्चेस्टरको उपाधिको यात्रा टुंगिएको हो । ब्रुना फर्नान्डेजले नवौं मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अघि बढाएका थिए । मार्कुस रासफोर्डलाई डिएगो कार्लोसले फल गरेपछि युनाइटेडले पेनाल्टीको अवसर पाएको थियो ।

तर लिभरपुलका पूर्व विङ्गर फर्नान्डेज सुसोले २६ औै मिनेटमा खेल बराबरीमा ल्याए । ७८ औं मिनेटमा डी जोङले सेभियाका लागि विजयी गोल गरेका थिए । प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाइटेडको यस सिजन समेत ठूलो उपाधि जित्ने सम्भावना सकिएको छ ।

उसले यस सिजनमात्र तीन प्रतियोगितामा सेमिफाइनलमा पराजित भएको छ । सेभियाले उपाधिका लागि अब सख्तर डोनेस्क र ईन्टर मिलानबीचको विजेतासँग खेल्नेछ । एजेन्सी

Next Post

नेपालमा पछिल्लाे २४ घण्टामा थप ५ सय ८१ काेराेना संक्रमित थपिए

२०७७ भाद्र १, सोमबार
भदौ १, २०७७ काठमाडाैं : नेपालमा पछिल्लाे २४ घण्टामा थप ५ सय ८१ जना काेराेना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गाैतमले बताएअनुसार साेमबार देशभरबाट १ सय ६० संक्रमित डिस्चार्ज भएका छन्। काठमाडौं उपत्यकामा मात्रै १ सय ६८ जना कोरोना संक्रमित भेटिएका छन्। काठमाडौं […]