भदौ १, २०७७
काठमाडाैं : नेपालमा पछिल्लाे २४ घण्टामा थप ५ सय ८१ जना काेराेना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गाैतमले बताएअनुसार साेमबार देशभरबाट १ सय ६० संक्रमित डिस्चार्ज भएका छन्।
काठमाडौं उपत्यकामा मात्रै १ सय ६८ जना कोरोना संक्रमित भेटिएका छन्। काठमाडौं जिल्लामा साेमबार १ सय ६८, ललितपुरमा १५ र भक्तपुरमा १४ जना संक्रमित भेटिएका हुन्। देशभर ९ हजार ६ सय ३९ सक्रिय संक्रमित रहेका उनले बताए।



