नेपालमा काेराेनाले फेरी २ जनाकाे ज्यान लियाे

यस संगै ज्यान गुमाउनेको सङ्ख्या ६२ पुग्याे ।

गज्जब नेपाल
२०७७ श्रावण २१, बुधबार

नेपालमा फेरी कोरोना सङ्क्रमणबाट २ जनाले ज्यान गुमाएका छन् । कोशी अस्पतालको आइसोलेशनमा रहेका विराटनगर ९ का ४५ वर्षीय पुरुष र रङ्गेली ८ का ४५ वर्षीय पुरुषको मृत्यु भएकाे कोशी अस्पतालले जनाएको छ ।

विराटनगरका पुरुषमा श्वासप्रश्वास, ज्वरोलगायतका समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए भने रङ्गेलीका पुरुषको भने अस्पताल ल्याएलगत्तै बुधबार दिउँसो मृत्यु भएकाे जिल्ला स्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतले बताउनुभयो । मृत्यु भएपछि काेराेना परीक्षण गर्दा रिपाेर्ट पाेजेटिभ आएकाे स्वास्थ्य कार्यालयले जनाएकाे छ । यस्तै मङ्गलबार पर्सामा दुई जनाको काेराेनाबाट मृत्यु भएकाे थियाे । नेपालमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ६२ पुगेको छ ।

Next Post

व्यवसायीहरूका लागि अायाे खुसीकाे खबर

२०७७ श्रावण २१, बुधबार
नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक राजस्व बिभागले २०७७ श्रावण १ गते देखी लागु हुने गरी नेपालको श्रोत भएको बार्षिक २० लाख रुपया सम्म कारोबार र रु २ लाख सम्म आय भई आयकर ऐन २०५८ को दफा ४को उपदफा ४ को व्यबस्था छनौट गर्ने करदाताहरुले दफा ९६ बमोजिम बमोजिम पेश गर्नु […]