दैलेखको आठबिस नगरपालिकास्थित राकम कर्णालीमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा आठविस नगरपालिका ४ का २९ वर्षीय नगेन्द्र बहादुर माझीको मृत्यु भएको हो।
प्राधिकरणको लापरबाहीका कारण मृत्यु भएको भन्दै मृतकका आक्रोशित आफन्तले शव बुझ्न अस्वीकार गरेका थिए। विधुत कार्यालय दैलेखको लापरवाहीका कारण करेन्ट लागेर मृत्यु भएको भन्दै सोमबार बिहान देखी कर्णाली राजमार्ग अवरुद्ध गरिएको छ।
पीडितहरु द्धारा उचित क्षतिपूर्तिको माग गर्दै कर्णाली राजमार्ग अवरुद्ध गर्दा सम्पुर्ण यातायातका साधनहरू राकममै रोकिएका छन् । अहिले पीडित पक्षसँग प्रहरीले छलफल भईरहेको इलाका प्रहरी कार्यलय राकम कर्णालीले ज्वाला सन्देश लाई जानकारी दिएको छ।


