अभिनेता पल शाहविरुद्धको सुनुवाइ तेस्रो पटक स्थगित

केशबराज पाैडेल
२०७९ आश्विन २६, बुधबार १८:३२

तनहुँ – अभिनेता पल शाहविरुद्धको सुनुवाइ तेस्रो पटक स्थगित भएको छ । नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारमा रहेका अभिनेता पल शाहविरुद्धको सुनुवाइ तेस्रो पटक स्थगित भएको हो ।
आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको तयारीका कारण शाहविरुद्धको सुनुवाइ स्थगित भएको तनहुँ अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिय । यसअघि शाहविरुद्धको सुनुवाइ भदौ १५ गते र असोज २ गतेका लागि तोकिएको थियो । जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताको पत्रका कारण आजको सुनुवाइ स्थगित भएको हो ।

चुनावका कारण जिल्ला न्यायाधिवक्ताको पत्रका कारण फौजदारीतर्फका आजका सबै मुद्दाको सुनुवाइ स्थगित भएको तनहुँ अदालत बार एसोसिएसनका अध्यक्ष भानुभक्त सुवेदीले जानकारी दिएका छन ।

Next Post

सुर्खेतमा नक्कली चिकित्सक पक्राउ

२०७९ आश्विन २६, बुधबार १८:३२
प्रहरीले सुर्खेतमा एक नक्कली चिकित्सकलाई पक्राउ गरेको छ।  वीरेन्द्रनगर–६ स्थित समाज डेन्टल केयर क्लिनिकका सञ्चालक डिलबहादुर महतारालाई बुधबार पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार वीरेन्द्रनगरकी एक महिला महताराको क्लिनिकमा उपचारका लागि गएकी थिइन्। एउटा दाँत अत्याधिक दुखेपछि उपचारका लागि गएकी ती महिलालाई नक्कली चिकित्सक महताराले दुख्ने दाँत निकाल्नुपर्ने सुझाव दिए। […]