दाङमा टेम्पोमा आगो लगाउने २ जना पक्राउ

केशबराज पाैडेल
२०७९ भाद्र ३१, शुक्रबार २१:०७
तस्बीर -थाहा खबरबाट

दाङ – दाङको घोराही उपमहानगरपालिकामा प्रहरीले अटो मा आगो लगाउने २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१७ कृष्ट हस्पिटल चोक घर भई हाल घोराही उपमहानगरपालिका –१५ बस्ने २३ वर्षका मिलन पौडेल र बाग्लुङ जिल्ला घर भई हाल घोराही–१५ विपी चोक बस्ने २९ वर्षका कमला दर्जी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

उनीहरूलाई टेकबहादुर खत्रीको रा १ ह ८६६० नम्बरको अटोमा आगो लगाएको खुल्न आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिएका छन। डीएसपी गौतमका अनुसार बिहीवार मध्य रातमा घोराही उपमहानगरपालिका–१५ विपी चोक नजिक कुशल सुवेदीको घरमा कोठा भाडा लिई बस्ने खत्रीले घरअगाडि बाटो छेउमा पार्किङ गरी राखेको टेम्पोमा आगो लागेको खबर प्रहरीले पाएको थियो।

खबर प्राप्त हुनेबित्तिकै जिप्रका दाङबाट ७ जनाको प्रहरी टोली जाँदा अटो जलेर नष्ट भइसकेको र आगो के कसरी को कसले लगाएको भनी घटनास्थलको अध्ययन तथा खोजतलास गर्दै जाँदा पौडल र दर्जी संलग्न भएको पाइएपछि उनीहरूलाई साँझ करिब ५ बजेतिर पक्राउ गरिएको प्रवक्ता गौतमले जानकारी दिए।

Next Post

बर्षाको कारणले अछाममा पहिरो ,घर पुरिदा ४ जनाको मृत्यु, १२ जना बेपत्ता

२०७९ भाद्र ३१, शुक्रबार २१:०७
अछाम – लगातारको वर्षाले अछाममा पहिरो आई घर पुरिदा ४ जनाको मृत्यु भएको छ । पहिरोले कमलबजार नगरपालिका–६ मा दुई घर र तुर्माखाँद गाउँपालिका–५ मा दुई घर पुरिएका प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। कमलबजार नगरपालिका–६ मा पहिरोले घरभित्र पुरिएका ४ जनाको शव निकालिएको र बेपत्ता तीन […]