सिन्धुपाल्चोकमा ठूलाे पहिरो: ३ जनाको मृत्यु, २३ जना बेपत्ता

प्रहरीको टोली घटनास्थलतर्फ जाँदै

गज्जव नेपाल संवाददाता
 
२०७७ भाद्र २८, आईतवार ०८:०० मा प्रकाशित

भदौ २८, २०७७ सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा गएराति पहिरो खस्दा ३ जनाको ज्यान गएको छ भने २३जना बेपत्ता भएका छन्। अविरल वर्षाका कारण नगरपालिकाको वडा नम्बर ७ मा गएको पहिरोले ८ वटा घर बगाउँदा २३ जना बेपत्ता भएका हुन्।

दुई जनाको उद्धार गरिएको नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले बताए । पहिरोले वडा नं ७ मा पर्ने घुन्थाङको भीरखर्कमा ३ वटा र नागपुजेमा ९ वटा घर पुरेको उनले जानकारी दिएका छन ।

उनकाअनुसार भीरखर्कमा ६ जना र नागपुजेमा १७ जना बेपत्ता भएका छन् । अहिले प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

हेर्नुहाेस फाेटाेमा

Next Post

आयुर्वेदिक औषधिको क्लिनिकल ट्रायल गरिने

२०७७ भाद्र २८, आईतवार ०८:००
  २८ भाद्र २०७७, दैलेख — नेपाल स्वास्थ्य अनुसन्धान परिषद् एनएचआरसी ले कोरोना भाइरस रोग ९कोभिड–१९० को उपचारका लागि आयुर्वेदिक गुणयुक्त जडीबुटीको प्रभावबारे अध्ययन गर्ने भएको छ । उक्त अध्ययन आयुर्वेदिक क्याम्पसका प्राध्यापक तथा रिसर्च कन्सल्टेन्ट डा। विशुनदयालप्रसाद पटेलको नेतृत्वमा हुनेछ । डा। पटेलका अनुसार औपचारिक रूपमा एक सातापछि प्रदेश […]