धादिङमा यात्रुबाहक बस त्रिसुली नदिमा खस्याे, ८ जनाको मृत्यु

गज्जब नेपाल
२०८० भाद्र ६, बुधबार १२:३०

काठ्माडाैं- धादिङको गजुरीमा यात्रुवाहक बस त्रिसुली नदिमा खस्दा ८ जनाको मृत्यु भएको छ। काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस दुर्घटना  हुँदा ८ जनाको मृत्यु भएको हो धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताए ।

मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्। घाइते ८ जनाको उद्धार भएको छ। गजुरी गाउँपालिकाका उपाध्यक्ष शर्मिला बिसुरालले घाइते पाँच जनालाई काठमाडौं पठाइएको बताइन्।

‘गजुरीको छहरानजिकैबाट त्रिशुलीमा बस खसेको हो। बसको आधा भाग पानीमा डुबेको अवस्थामा छ। घाइतेहरूको उद्धार गरी, गजुरी स्वास्थ्य चौकी, गजुरी अस्पताल र राजमार्ग अस्पतालमा उपचार भइरहेको छ।

गजुरी अस्पतालमा उचार सम्भव नभएका ५ जनालाई काठमाडौं पठाइएको छ,’ उनले भनिन्। घटनाबारे विस्तृत विवरण आउँदै छ।

Next Post

दक्षिण एसियाकै ठूलो कर्णाली चिसापानी ‘गेम चेन्जर’ आयोजना अगाडि बढाउने तयारी

२०८० भाद्र ६, बुधबार १२:३०
पहिलो अध्ययन भएकै ६ दशकपछि अहिले सरकारले १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी आयोजना अगाडि बढाउने तयारी गरेको छ। दक्षिण एसियाकै ठूलो आयोजनाको सरकारले औपचारिक रुपमा अध्ययन गर्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहालले कर्णाली चिसापानीको सपनालाई मूर्त रुप दिने बताएका छन्। पहिलो पटक प्रधानमन्त्री हुँदा नै कर्णाली चिसापानी बनाउने सपना […]