नेपाल बुद्धिजीबि संगठनकाे कर्णाली प्रदेश अध्यक्षमा शाही

तीर्थ भण्डारी
२०८१ जेष्ठ १४, सोमबार ०९:५७

सुर्खेत –

नेपाल बुद्धिजीबि संगठन कर्णाली प्रदेशकाे प्रथम सम्मेलनबाट अध्यक्षमा दैलेखका बीरबहादुर शाही सर्वसम्मत चयन भएका छन् । ४५ सदस्यीय समितिमा तीन जना उपाध्यक्षहरु कमलकुमार सिंह (कालिकोट), बालाराम नेपाली (जुम्ला), टेकबहादुर खड्का (रुकुमपश्चिम) चयन भएका छन् । संगठनको कर्णाली प्रदेश सचिव गंगाप्रसाद चौलागाईं (सुर्खेत), सहसचिव तीन जना धनबहादुर नेपाली (जाजरकोट), गणेशबहादुर चन्द (सल्यान), प्रबजंग शाही (हुम्ला) र कोषाध्यक्षमा माया मल्ल (जाजरकोट) चयन भएका छन् ।

सम्मेलनकाे उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इञ्चार्ज कालिबहादुर मल्लले जनयुद्धका उलब्धीहरुको रक्षा गर्न बुद्धिजीबिहरुलाई आग्रह गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी शासन व्यवस्था, महिला तथा पिछडिएको जातजातिको निम्ति अधिकार र श्रोतमा पहुँच बढाउने काम जनयुद्धकै उपलब्धी हो तर नेकपा माओवादी केन्द्रलाई श्रेय दिन कञ्जुस्याई भइरहेको उनले गुनासाे गरे । कार्यक्रममा पार्टीका बुद्धिजीबि विभाग इञ्चार्ज खिमलाल देबकोटाले बुद्धिजीबिहरु विचारमा क्रान्तिकारी र ज्ञानको हिसावले निपूर्ण हुनुपर्ने धारणा राखे ।

समसामयिकताको अध्यावधिक जानकारी राख्ने त्यसको व्याख्या गर्न सक्ने ‘लाल र निपूर्ण’ हुनुपर्छ भन्दै उनले नव निर्वाचित कमिटीलाइ अग्रिम बधाइ दिए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष बिमला केसी, केन्द्रीय सदस्य एवम् पूर्व मुख्यमन्त्री राजकुमार शर्मा लगायतका पार्टी नेताहरुले बुद्धिजीबि संगठन र पार्टीबीचको सम्बन्ध तथा पृष्ठ पोषण विषयमा धारणा राखेका थिए ।

Next Post

इनार सफा गर्ने क्रममा दैलेखका दुई युवाकाे सुर्खेतमा मृत्यु

२०८१ जेष्ठ १४, सोमबार ०९:५७
सुर्खेत । सुर्खेत वीरेन्द्रनगर वडा नम्बर- ११ मा इनार सफा गर्ने क्रममा दुइजनाकाे मृत्यु भएको छ । प्रहरीका अनुसार वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ का तोर्ण विकको घरको इनार सफा गर्ने क्रमममा निसास्सिएर उनिहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा दैलेखको चामुण्डा घर भई हाल वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ पिपिरा […]

याे पनि पढ्नुहाेस्