इङ्ग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेड पराजित लिभरपुलको सानदार सुरुवात

गज्जब नेपाल
२०७७ भाद्र २८, आईतवार

भदौ २८, २०७७ आइतबार

दैलेख–इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले नयाँ प्रवेश गरेको टिम लिड्स युनाइटेडलाई ४( ३ गोलले हराएको छ । लिभरपुलको जितका लागि मोहम्मद सलाहले ह्याट्रिक गरेका हुन ।

यस्तै भिर्गिल भान डाइकले एक गोल गरे । लिड्सका ज्याक ह्यारिसन,प्याट्रिक बामफोर्ड र माटेउ क्लीचले एकरएक गोल फर्काए । लिभरपुलका मोहमद सलाहको प्रहार डिफेन्डर रोबिन कक्को हातमा लागेपछि रेफ्रीले पेनाल्टी दिए । सलाहले सहजै पेनाल्टीमा गोल गर्दै लिभरपुललाई अघि बढाए ।

तर लिड्सले १२ औं मिनेटमा नै खेल बराबरीमा ल्यायो । काल्भिन फिलिप्सको पासलाई ज्याक ह्यारिसनले गोल गर्दै बराबरीमा पुर्याए । लिभरपुलले २० औं मिनेटमा नै अग्रता बनायो । एन्ड्रयु रोबर्टसनको कर्नरमा भर्जिल भान डाइकको हेडर किप्पर इयान मेइलरले बचाउन सकेनन् । तर ३० औं मिनेटमा भान डाइककै गल्तीमा लिड्सकस बामफर्डले गोल गर्दै खेल बराबरीमा पुर्याए ।

त्यसको तीन मिनेटमै लिभरपुलले फेरि खेलमा अग्रता लियो । मोहमद सलाहले फेरि गोल गरे । खेलको ८७ औं मिनेटमा लिभरपुलले चौथो पटक अग्रता लिने अवसर पायो । लिड्सका रोड्रीगो मोरेनोले फाबिन्होलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिए । सलाहले ह्याट्रिक पूरा गर्ने क्रममा पेनाल्टीमा गोल गर्दै जित पक्का गरे ।

Next Post

१ असोजदेखि सबै सार्वजनिक यातायात चलाउने व्यवसायी र मजदुरको तयारी

२०७७ भाद्र २८, आईतवार
२०७७ भदौ २८, काठ्माडाैं कोभिड–१९ को संक्रमण बढेपछि करिब ६ महिनादेखि बन्द सार्वजनिक यातायात असोजदेखि खुल्ने आमअपेक्षा छ । तर, सरकारले यस विषयमा कुनै निर्णय गरेको छैन । यातायात खुलाउने विषयमा सरकारले कुनै निर्णय नगरे पनि यातायात व्यवसायी र श्रमिकहरूले भने १ असोजदेखि लामो, मझौला, छोटो र स्थानीय रुटका सवारीसाधन चलाउने भएका […]