५ दिनदेखि हराएका घुमन्ते व्यापारी भेरीखाेलामा मृत भेटिए

गज्जब नेपाल
२०८० भाद्र २, शनिबार १५:४३

दैलेख– दैलेखको भगवतीमाई गाउँपालिका–१ पगनाथको भेरीखोलामा एकजना मृत भेटिएका छन् । उनी गाउँगाउँ घुम्दै सिलाजित लगायतका जडिबुटी बेच्ने गरेकाे खुलेकाे छ । पाँच दिनदेखि उनलाइ स्थानीयले पनि कतै नदेखेको र मोबाइल सम्पर्क समेत बिच्छेद भएपछि परिवारजनले खोजिरहेका थिए ।

बाजुराको कात्तिकेपानीबाट कैलालीको बडीबर्दगोरिया गाउँपालिका–४ छतिवन बसाई सरेका ३१ वर्षीय वीरबहादुर कामी मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक कमल आचार्यले बताए ।

साउन २७ गतेदेखि सम्पर्कविहिन भएकाे उनलाइ परिवारजनले खोजबिन गर्दा मध्यपहाडी राजमार्गबाट एक किलोमिटर माथि भेरीखोला खोल्सामा टाढाबाट बगाइ ल्याएको आधा जिऊ पानीमै रहेको अवस्थामा फेला पारेका छन् ।

स्थानीय र मृतकका आफन्तले सूचना दिएपछि दैलेखका प्रहरी इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्साल र प्रहरी निरीक्षक (इन्स्पेक्टर) कृष्ण डाँगी समेतको टोली घटनास्थलमा पुगेकाे थियाे । घटनाकाे थप अनुसन्धान भैरहेकाे बताइएकाे छ ।

Next Post

धादिङमा यात्रुबाहक बस त्रिसुली नदिमा खस्याे, ८ जनाको मृत्यु

२०८० भाद्र २, शनिबार १५:४३
काठ्माडाैं- धादिङको गजुरीमा यात्रुवाहक बस त्रिसुली नदिमा खस्दा ८ जनाको मृत्यु भएको छ। काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस दुर्घटना  हुँदा ८ जनाको मृत्यु भएको हो धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताए । मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्। घाइते ८ जनाको उद्धार भएको […]