बीमा रकमकाे आशमा आफ्नै टिपरमा आगजनी गर्ने तीन जना पक्राउ

गज्जब नेपाल
२०८० श्रावण ३१, बुधबार

काठमाडौं– गत साउन १३ गते प्रहरी वृत्त चापागाउँ ललितपुरमा कोटेश्वर बस्दै आएका रामेछाप मन्थलीका ३४ वर्षीय प्रदीपकुमार खत्री आफ्नो टिपरमा आगलागी भएकाले अनुसन्धान गरिपाउँ भन्ने निवेदन लिएर आए।

साउन १२ गते राति सवा १ बजेतिर टिपरमा अज्ञात समूहले पेट्रोल छर्किएर आगो लगाएकाले त्यसको अनुसन्धान र बीमा प्रयोजनार्थ सिफारिस माग गरे। प्रहरीले उक्त निवेदनमा अनुसन्धान सुरु गर्‍यो। तर अनुसन्धान गर्दैजाँदा प्रहरीको आशंका स्वयम् निवेदन दिने प्रदीपमाथि नै सोझियो।

पछि बीमा रकम प्राप्तिका लागि बिग्रिएर थन्किएको आफ्नो टिपरमा आफैं आगो लगाएको प्रहरीले पायो। त्यसपछि पक्राउ परे प्रदीपसहित उनका कान्छा भाई भिमसेन खत्री र रंगबहादुर बुढाक्षेत्री। nimb बा. ३ ख २८९४ नम्वरको टिपर मासिक किस्ता तिर्नेगरी १० लाख रुपैयाँमा १३ महिना अगाडि प्रदीपकुमार खत्रीले खरिद गरेका थिए।

उक्त टिपर उनका कान्छा भाई भिमसेन खत्रीले चलाइरहेका थिए। करिब चार महिना अगाडिदेखि उक्त टिपर ललितपुरको गोदावरी नगरपालिका-१२ ठेचोस्थित नख्खुखोला करिडोर सडकखण्डमा बिग्रिएर थन्किएको पाइएको प्रहरीले बताएको छ।

मर्मत गर्न धेरै पैसा लाग्ने भएकाले बीमा रकम प्राप्त गर्नका लागि टिपरका सञ्चालक प्रदीपको योजनामा साउन १२ गते राति १ बजेर १५ मिनेटमा रंगबहादुर बुढाक्षेत्री र भिमसेन खत्रीले पेट्रोल छर्किएर आगो लगाएको अनुसन्धानमा पाइएको प्रहरीले बताएको छ।

पक्राउ परेकाहरुविरुद्ध जिल्ला अदालत ललितपुरबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रक्राउ पर्ने ३४ वर्षीय प्रदीप र ३३ वर्षीय भीमसेन रामेछापको मन्थली–१२ घर भई हाल काठमाडौं–३२ कोटेश्वर बस्दै आएका हुन् भने रंगबहादुर बुढाक्षेत्री सिन्धुलीको दुधौली नगरपालिका–१४ स्थायी घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्दै आएका हुन्।

Next Post

आगोमा जलेर घाइते भएका नौमुलेका सुजललाइ सहयोग हस्तान्तरण

२०८० श्रावण ३१, बुधबार
१ भाद्र२०८० आगोमा जलेर गम्भीर घाईते भएका सुजलको थप उपचारका लागी सहयोग हस्तान्तरण गरिएको छ । दैलेखको नौमुले गाउँपालिका वडा नं २ का सुजल दर्लामि ५ बर्षको उमेरमा २०७९चैत ६ गते बालुटारमा आगोमा जलेर गम्भीर घाईते भएका थिए । उपचार गनर्का लागि घरको आर्थिक स्थिति एकदमै नाजुक भएको  समस्या लाई […]