दैलेखका ६ सहित कर्णालीमा थप ८६ जनामा कोरोना पुष्टि

गज्जब नेपाल
२०७७ आश्विन १६, शुक्रबार २०:३१

१६ असोज २०७७
कृष्णा शर्मा

दैलेख । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल ⁄पशुपंछी रोग अन्वेशण प्रयोगशाला सुर्खेतमा ७७ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा ९ जना सहित ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना पुष्टि हुनेमा कन्ट्याक्ट ट्रेसिङमा परेका १९, स्वास्थ्यकर्मी १२, कर्मचारी ८, क्वारेन्टाइनमा रहेका ६, सशस्त्र प्रहरी ५, एयरलाइन्स कर्मचारी चार, प्रहरी तीन, विरामी र शिक्षक दुईरदुई जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
यसका साथै कृषक, अटोचालक, इन्जिनियर, थुनुवा, लगायत रहेको सामाजिक विकास मन्त्रालय स्वाथ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए । उनकाअनुसार, सुर्खेतका ५३, जुम्लाका ७, दैलेखका ६, कालीकोटका चार, जाजरकोटका २ र अन्य प्रदेशका १४ जना छन् ।

Next Post

जुम्ला पुन: कोरोनामुक्त, लक्षण देखिए मात्र परीक्षण गरिने

२०७७ आश्विन १६, शुक्रबार २०:३१
जुम्ला – जुम्ला पुन : कोरोना संक्रमण मुक्त भएको छ । चन्दननाथ नगरपालिका –२ मा होम आइसोलेसनमा बसेकी एक जना महिलालाई निको भएपछि जुम्ला पुन: कोरोना संक्रमण मुक्त भएको हो । पहिलोपटक साउन १२ गते सबै संक्रमित निको भएपछि जुम्ला कोरानामुक्त भएको थियो । कोरोनामुक्त पछि पुन: जिल्लामा संक्रमित भेटिए […]