वन रेन्जरको निधन

गज्जब नेपाल
२०७७ आश्विन १८, आईतवार १८:४१

२०७७ असोज १८

दैलेख  – डिभिजन वन कार्यालय दैलेखमा कार्यरत रेन्जर चन्द्र खड्काको रक्तचापका कारण निधन भएको छ । आफ्नै डेरामा रहेका खड्का डेराको छतमा कपडा सुकाउँदै गरेको बेलामा एक्कासी प्रेसर कम भई अचेत भएको भन्ने खुलेको छ ।

अचेत भएका खड्कालाई उपचारको लागि जिल्ला अस्पताल दैलेख लगिएको र थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा रिफर हुदै गर्दा दिउसो १ः४५ बजेको समयमा निधन भएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जनाएको छ ।

रेन्जर खड्का डिभिजन वन कार्यालय दैलेखमा विगत एक बर्ष देखी कार्यरत रहेको र कार्यरत खड्काको निधन भएपछी एउटा क्षमतावान कर्मचारी गुमाउनु परेका दैलेख डिभिजन वन अधिकृत मुन बहादुर रावतले बताए । उनको पश्चिम रुकुम सानोभेरी नगरपालिका वडा नं। ९ बस्ने बर्ष २२ को चन्द्र बहादुर खड्को आइतबार निधन भएको हो ।

Next Post

नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ९० हजार नाघ्याे

२०७७ आश्विन १८, आईतवार १८:४१
असोज २०, २०७७ काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ९० हजार आठ सय १४ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार पाँच सय ५१ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लाे २४ घण्टामा ११ हजार ४७ जनाकाे नमुना परीक्षण गर्दा एक […]

याे पनि पढ्नुहाेस्