दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । मध्यपहाडी राजमार्ग अन्तर्गत भगवतीमाई ४ मनघर पातीहाल्ने नजिकै कर्णाली प्रदेश ००१ च ०७४४ नम्बरको बोलेर जीप दुर्घटनामा परेको हो ।
घाइते हुनेमा गाडीचालक भक्तबहादुर सार्की र सहचालक मोहन सार्की रहेको जनाइएको छ। खाद्यान्न र खुद्रा सामान बोकेको गाडी सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ।