दैलेख
झोलामा सहकारी बोकेर सरकारी अनुदानमा रजाइँ गर्नेहरूका कारण सहकारीमा काम गर्न समस्या भएको एक सहकारीका अध्यक्षले बताएका छन् । जिल्लाको दुल्लु नगरपालिका वडा नम्बर. ११ शिवशत्ति पशुपालन तथा कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष अमर बहादुर गुरुङले साे कुरा बताएका हुन ।

उक्त सहकारीको पाँचौँ साधारण सभामा बोल्दै उनले जिल्लामा सरकारी पक्षबाट पाउने अनुदानमा बिभेद् हुँदै आएको र राजनीति आस्था राख्नेहरूलाई पहुँचको भरमा अनुदान बाँडिने गरेकाले समस्या सृजना भएकाे बताए ।
विषयगत भन्दा पार्टीगत रूपमा हालिएका प्रस्तावना अध्ययननै नगरी स्विकृत गर्ने र आफ्नाहरूको दुनो साेझाउने परिपाटिको अन्त्य गर्नुपर्नेमा उनले जाेड दिए । उनले अाफ्नाे सहकारीले अतिरिक्त बचतमा शेयर सदस्यलाइ १२ प्रतिशत व्याज प्रदान गरिने घाेषणा गरे ।

कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा रहेका दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले सहकारीको माध्यम बाट नागरिकलाई आए आर्जन मूलक क्षेत्रमा लगाई स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नु पर्ने बताए । कार्यक्रममा दुल्लु नगर कार्यपालिका सदस्य मिना गुरुङले स्थानीय स्तरमा महिलाहरू विभिन्न आय आर्जन मूलका क्षेत्रमा लागि बचत गर्ने बानीको विकास गर्नु पर्ने बताइन । साधारण सभामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरीक, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
बार्षिक कारोबार ८४ लाखः
सहकारीले एक वर्षको अवधिमा ८४ लाखको कारोबार गरेको जनाएको छ । सहकारीका अध्यक्ष गुरुङले एक वर्षको अवधिमा सहकारीले ८४ लाखको कारोबार गरेको र विभिन्न आयआर्जन मूलक क्षेत्रमा ७८ लाख लगानी गरेको बताए ।
उनले सहकारीको जिल्लामा रहेको सहकारी बैङ्कमा ५० हजारको शेर लगानी रहनुका साथै युवा स्वरोजगार काेषबाट ऋण ल्याएर समुदायमा न्यून ब्याजमा लगानी गरी कृर्षी पशुपालनका क्षेत्रमा नागरिकलाई अग्रसर गराइएको बताए ।


