दैलेखमा हाेटल व्यवसाय पूर्ण रूपमा बन्द गर्न प्रशासनकाे निर्देशन

गज्जब नेपाल
२०७७ आश्विन ३०, शुक्रबार

कोरोना भाइरस (COVID-19) को कारण दैलेख बजार क्षेत्रका फेन्सी व्यवसायी र होटल व्यवसायीहरू ठूलो संख्यामा संक्रमित हुँदै गएको भन्दै जिल्ला प्रशासन कायार्लयले  होटल, चियानास्ता पसल र रेष्टुरेष्टहरु तत्कालका लागि बन्द गर्ने निर्णय गरेकाे छ ।

COVID-19, संकट व्यवस्थापन संचालन केन्द्र, जिल्लागत संरचना (DCCMC) ले संक्रमण पुष्टी भएका सबैखाले व्यवसाय गर्ने व्यवसायी र निजको परिवारका सदस्यहरु प्रत्यक्ष संलग्न भई सञ्चालनमा रहेका पसल, व्यवसाय र सेवाहरु पूर्णरुपमा बन्द गर्ने निर्णय भएकाे जनाएकाे छ ।

कोरोना भाइरसका संक्रमणको जोखीम न्यूनिकरणका लागि फेन्सी व्यवसाय गर्ने व्यवसायीहरुले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारका स्वास्थ्य सुरक्षा सतर्कता सम्बन्धी मापदण्ड बमोजिम मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गर्ने तथा पसल बाहिर साबुनपानीले हात धुन समेत अनिवार्य रुपमा व्यवस्था मिलाउन निर्दशन दिएकाे छ ।

DCCMC ले सोको प्रभावकारी अनुगमन गरी मापदण्ड पालना नगर्ने व्यवसायलाई कारवाहीको दायरामा ल्याउने पनि सूचनामा उल्लेख गरिएकाे छ। निर्णय विपरीतका कार्यहरु गरेको पाइएमा संक्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही हुने सुचनामा उल्लेख गरिएकाे छ ।

यस्तै नजिकिँदै गरेको वडा दशैमा घटस्थापनादेखी दशमीसम्म जिल्लाका विभिन्न शक्तिपिठ तथा मन्दिरहरुमा सर्वसाधारणको भिड अत्यधिक हुने भएकोले, कोरोना संक्रमणको फैलिदो जोखीमलाई मध्यनजर गर्दै जिल्लाका सम्पूर्ण स्थानीय तहहरुका सबै वडाहरुमा रहेका शक्तिपिठ तथा मन्दिरहरुमा पूजारीले गर्ने नित्य पूजा बाहेक बलि/बध तथा भीडभाड गरि दर्शन आदिका लगि प्रवेश गर्न नमिल्ने गरी निषेधित क्षेत्र कायम गरिएको जनाएकाे छ ।

सूचनाः

Next Post

बिश्व खाध्य दिवसमा पञ्चकाेशी वेद विद्याआश्रमका विद्यार्थीलाई खाध्यान्न वितरण

२०७७ आश्विन ३०, शुक्रबार
२०७७ असाेज ३०, दैलेख दैलेखमा ४० आै बिश्व खाध्य दिवसकाे अवसरमा नाभिस्थानमा रहेकाे पञ्चकाेशी वेद विद्याआश्रमका विद्यार्थीलाई खाध्यान्न वितरण गरिएकाे छ । दुल्लु नगरपालिका वडा न ९ को प्यादुरामा १५ कुण्टल आलुको बीउ सामुहिक खेती माफर्त उत्पादन को लागि आज देखि बितरण र लागाउन सुरु गरिएको छ । सामाजिक सेवा […]