प्रशासन कार्यालयका कर्मचारीमा देखियाे काेराेना, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

गज्जब नेपाल
२०७७ कार्तिक १५, शनिबार १५:४२

१५ कार्तिक २०७७, दैलेख

जिल्ला प्रशासन कार्यालय दैलेखका कर्मचारीहरुमा पनि काेराेनाकाे संक्रमण देखिएपछि अनिश्चित कालका लागि सम्पूर्ण नियमित सेवा बन्द गरिएकाे छ ।

कार्यालयका संक्रमित कर्मचारीबाट समुदायस्तरसम्म र संक्रमित सेवाग्राहीबाट कार्यालयका कर्मचारीलाई हुनसक्ने संक्रमणको जोखिमलाई कम गर्न सेवा बन्द गरिएकाे सूचनामा उल्लेख गरिएकाे छ ।

प्रशासनले कार्तिक १६ गतेदेखी अर्को सूचना नभएसम्म अत्यावश्यक कार्यहरु बाहेकका सम्पूर्ण नियमित सार्वजनिक सेवा प्रवाह बन्द रहने सूचना जारी गरेकाे छ।

सूचना हेर्नुहाेसः

Next Post

यस्ताे मर्मस्पर्शी चिठी लेखेर कहाँ गयाे मेराे छाेरा? ६२ वर्षिय आमा भक्कानींदै (भिडियाे)

२०७७ कार्तिक १५, शनिबार १५:४२
 १५ कात्तिक २०७७, दैलेख जिल्लाकाे नारायण नगरपालिका–७ किमुगाउँका १६ वर्षिय बालक गोबिन्द वि.क. बडादशैंको अघिल्लो दिन आमालाइ एउटा मर्मस्पर्शी चिठी लेखेर वेपत्ता भएका छन । उनको त्यो चिठी पढीसकेपछि आमा रातदिन छोराको यादमा रोइरहेकी छन । एकाविहानै घरबाट भागेर सुर्खेत पुगेका गोविन्द अहिलेसम्म पनि घर नफर्किएपछि आमाको रातदिन रुनुको विकल्प […]