२२, कार्तिक २०७७, दैलेख
विद्यालयका बिषयगत शिक्षकहरुलाई तलब भत्ता नदिएर निकालियकाे भन्दै दैलेखको एक विद्यालयमा तालाबन्दी गरिएको छ । जिल्लाको महाबु गाउँपालिका वार्ड नं- १ मा रहेको मष्टा आधारभूत विद्यालयमा अभिभावकहरुले ताला बन्दी गरेका हुन ।

विद्यालयका अभिभावकहरुले बिषयगत शिक्षकहरुलाई तलब भत्ता नदियर निकालियकाे, विद्यालयमा कम्प्युटर विषयको शिक्षक हुँदा हुँदै आफूनिकटको शिक्षक राख्ने गरि गाेप्य निर्णय गरि बिज्ञापन गरिएकोकाे आरोप लगाएका छन् ।
उनीहरूले बिषयगत शिक्षककाे व्यवस्थापन नगरेकाे, विद्यालय व्यवस्थापन समितिले निर्माण गरेको भवनको सार्वजनिक सुनुवाई नगरेकाे, विद्यालयमा रिक्त रहेको प्राथमिक तहको शिक्षक पदमा पहिले विज्ञापन गर्ने निर्णय गरेको र पछि राजनीतिक हस्तक्षेपका कारण शिक्षक सहमति गराइएको आरोप पनि लगाइएको छ।
शिक्षक अभिभावक सङ्घका संयोजक गोविन्दप्रसाद भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तीमा विद्यालयमा एउटा कोटा बाहेक अन्य विषयगत कोटामा शिक्षक नभएको, विद्यालय भवन निर्माणपछि साधन स्रोत नभएको र विद्यालयका अत्यावश्यक विषयहरुमा समितिका सदस्यलाई झुक्याई निर्णय अगावै हस्ताक्षर गर्न लगाई निर्णय गरिएको भन्दै घोर आपत्ति जनाइएको छ ।
हेर्नुहोस् विज्ञप्ति



