सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी

केशबराज पाैडेल
२०७९ कार्तिक २३, बुधबार १७:४७

दैलेख- दैलेखको एक सामुदायिक विद्यालयमा विधुतिय हाजिर सञ्चालन गरिएको छ । जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका १ चापागउँ स्थित श्री आनन्द माध्यमिक विद्यालयमा विधुतिय हाजिर जडान गरी सञ्चालनमा ल्याइएको छ । विद्यालयको आफ्नै लगानिमा जडान गरी गत सोमबार देखी सञ्चालनमा ल्याइएको हो ।

समयमा शिक्षकहरुको उपस्थिति नहुने विद्यालय समय भन्दा ढिलो छिटो जाने आउने शिक्षकको पुर्ण निगरानी तथा जानकारी मेसिनले नै राख्ने भएकाले र शिक्षकहरुको नियमितता बढाउनका लागी विधुतिय हाजिर जडान गरिएको हो ।

केही समय अगाडि भएको प्र.अ बैठक बाट नगरपालिका भित्र रहेका प्रत्येक माध्यमिक विद्यालयमा विधुतिय हाजिरी मेसिन जोड्ने निर्णय भएको थियो । प्राय ग्रामिण क्षेत्रका विद्यालयमा बाह्य व्यत्ति बाट हुने क्षतिजन्य समस्या ठाउँठाउँमा आइरहेकाले विद्यालयको सुरक्षा निगरानिको लागी त्यस्ता क्षतीजन्य गतिविधि रोक्नका निमित्त सि.सि. क्यामरा पनि विद्यालयमा जडान गरिएको विद्यालयका प्रधनाध्यापक चिन बहादुर थामी ले बताउनुभएको छ ।

विगत का बर्षहरुमा कक्षा १ देखि १० सम्म पठनपाठन हुने गरेको थियो भने अहिले २०७९ देखी कक्षा ११ पनी सञ्चालन गरेर पठनपाठन सञ्चालन भैरहेको प्र.अ थामी ले जानकारी दिनु भएको छ । उक्त विद्यालयमा इन्टरनेट सेवा पनी रहेको छ । विद्युत सेवा नपुगेकाले सोलार बाट नै सबै सेवाहरु सञ्चालनमा रहेका छन ।आनन्द मा.वि विधुुतिय हाजिर सुरु गर्ने नगरपालिकाकै पहिलो विद्यालय हो ।

Next Post

डोटीमा भूकम्पले ज्यान गुमाएकाका परिवारलाई राहत

२०७९ कार्तिक २३, बुधबार १७:४७
डोटी – डोटीमा भूकम्पले ज्यान गुमाएकाका परिवारलाई राहत वितरण गरिएको छ । खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर मङ्गलवार राति गएको भूकम्पबाट ज्यान गुमाएकाका परिवारलाई राहत रकम उपलब्ध गराइएको हो । ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पबाट ६ जनाले ज्यान गुमाएका थिए । जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका आफन्त पदमबहादुर बोहोरालाई […]