दैलेखका पहिरो पिडितलाई नयाँ घर बनाउने एभरेष्ट क्लवकाे योजना

ठाँटिकाँधका ९० घरधुरी पहिराेकाे उच्च जोखिममा

गज्जब नेपाल
२०७७ भाद्र २१, आईतवार १९:४४

दैलेख ।

जिल्लाकाे ठाटीकाँध गाउँपालिका ४ गैरागाउँका पहिरो पिडितलाई नयाँ घर बनाउने याेजना रहेकाे एभरेष्ट क्लब दैलेखले जनाएकाे छ । क्लवका अध्यक्ष दिपक कुमार शाहीले भने, हाम्रो क्लबको सहजीकरणमा विभिन्न गैरसरकारी एवं सरकारी सहयोगमा नयाँ घर बनाउने योजनामा छौं । त्यसको लागि क्लब द्धारा पहिरो पिडितको सर्वेक्षण गरिसकिएको छ ।

क्लबले पहिराे पिडितलाइ राहत वितरण पनि गरेकाे गरेकाे छ । पहिरोले विस्थापित भएका परिवारलाई क्लवले राहत सामाग्रि वितरण गर्ने क्रममा शाहीले यस्ताे बताएका हुन ।

पहिरो पिडितहरू राहत लिएर जाँदै

भदौ २ मा आएको पहिरोले ठाटिकाधँ गाउपालिका वडा नम्बर ०४ गैरागाउँमा गएको पहिरो बाट २ जना बालबालिकाको मृत्यु भएको थियो भने ६ जना घाईते भएका थिए । पहिरोले ७ वटा घर बगाएको थियो भने ९० घरधुरी जोखिममा रहेको ठाटीकाँध गाउँपालिकाले जनाएको छ ।

गैरागाउँको बस्तीले जोखिममा छ । पहिरो पिडितलाई अन्यत्र सार्न आवश्यक जग्गाको पहल भईरहेको छ । पहिरोबाट ३ सय ६५ घरधुरीका ३ हजार ५ सय ४८ जना परिवारमा जोखिममा रहेको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले बताए । उनले भने, विस्थापित भएका परिवारलाई सुरक्षित बसोबासको लागि स्थानको खोजि गरिरहेका छौं । उचित बासस्थान पाए पहिरो पिडितका लागि नयाँ घर बनाईने शाहीले जानकारी दिए ।

ठाटीकाँध गाउँपालिका ४ गैरागाउँका पहिरो पिडितलाई राहत वितरण गर्दै एभरेष्ट क्लब दैलेखका अध्यक्ष दिपककुमार शाही                      तस्वीर: प्रेमिका सिंह

त्यसै गरि पहिरो पिडितका लागि एभरेष्ट .क्लवद्धारा ६४ बोरा चामल, २ बोरा नुन, ८ पेटी तेल, १०० केजी दाल, त्रिपाल ९९ थान, १४ सेट ओछ्यानमा लागी प्रयोग गरिने कपडा (विस्तरा एक घरकालागि २–२ सेटका दरले २ वटा डसना, २ वटा तन्ना, २ वटा सिरानी, २ वटा ब्यलान्केट),१०० लिटरको १२ वटा डरम, १२ जग, वितरण गरिएको एभरेष्ट क्लब दैलेखका अध्यक्ष दिपक कुमार शाहीले बताए ।

Next Post

दैलेखमा एकै घरका दाजु-वहिनीकाे मृगौला फेल, काेरियावाट २ लाख ९० हजार सहयाेग (भिडियाे)

२०७७ भाद्र २१, आईतवार १९:४४
२१ भाद्र २०७७, दैलेख दैलेखमा एकै घरका दुइ जना मृगाैला पिडित दाजु वहिनीलाइ काेरियावाट नेपाली यूवाहरूले सहयाेग पठाएका छन् । दैलेखको नौमुले गाउँपालिका वार्ड नं १ तोली निवासी दत्त प्रसाद शर्मा र उनकी  आफ्नै बहिनीको ५ बर्ष अघि  मृगाैला प्रत्याराेपण भएकाे थियाे । एकैपटक दुवै दाजु वहिनीलाइ मृगाैला प्रत्याराेपण गराउनु […]

याे पनि पढ्नुहाेस्