निम्न माध्यमिक तहको लाइसेन्सको नतिजा सार्वजनिक, १८ प्रतिशत परिक्षार्थी पास

केशबराज पाैडेल
२०७९ भाद्र २९, बुधबार

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा आज सार्वजनिक गरेको छ । गत साउन २८ गते लिएको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

( नतिजा सारांश)

१ लाख ८१ हजार ५६९ जनाले परीक्षा दिएकोमा ३३ हजार १५८ जना मात्रै पास भएका छन् । यो १८.२६ प्रतिशत हुन आउँछ । प्रदेश १ मा ६ हजार ४१९ जना पास भएका छन् । ३१ हजार ६८८ जनाले परीक्षा दिएका थिए । जसमा २०.२६ प्रतिशत मात्रै पास भएका छन् ।

त्यस्तै मधेश प्रदेशमा २५ हजार ८१ जनाले परीक्षा दिएकोमा २ हजार ६५७ जना पास भएका छन् । जसमा १०.५९ प्रतिशत मात्रै पास भएका छन् । बागमती प्रदेशमा २६ हजार २८२ जनाले परीक्षा दिएकोमा ६ हजार ५१९ जना पाएका छन् । यो २४.८० प्रतिशत हुन आउँछ । गण्डकी प्रदेशमा १७ हजार ७६ जनाले परीक्षा दिएकोमा ३ हजार ७५१ जना पास भएका छन् । यो २१.९७ प्रतिशत हुन आउँछ ।

लुम्बिनी प्रदेशमा ३५ हजार १७३ जनाले परीक्षा दिएकोमा ७ हजार ३०५ जना उत्तिर्ण भएका छन् । यो २०.७७ प्रतिशत हुन आउँछ । कर्णाली प्रदेशमा २४ हजार ६१३ जनाले परीक्षा दिएकोमा ३ हजार २४४ जना मात्रै पास भएका छन् । यो १३.१८ प्रतिशत हुन आउँछ । सुदूरपश्चिम प्रदेशमा २१ हजार ६५६ जनाले परीक्षा दिएकोमा ३ हजार २६३ जना पास भएका छन् । यो १५.०७ प्रतिशत हुन्छ ।

Next Post

विप्लवका कार्यकर्ताविरुद्धको सबै मुद्दा खारेज गर्ने सरकारको निर्णय

२०७९ भाद्र २९, बुधबार
काठमाडौं – नेपाल सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता कार्यकर्ताविरूद्ध लगाइएको मुद्दा खारेज गर्ने निर्णय गरेको छ। गत (मंगलबार)भदौ २७ गते बसेको मन्त्रिपरिषद्‌को बैठकले मुद्दा खारेज गर्ने निर्णय नेकपाका प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति जारी गरेर बताएका थिए। सरकारको निर्णयको स्वागत गर्दै उनले भनेका छन्, ‘देउवा सरकार तीन बुँदे […]