अब कोरोना परीक्षण र उपचार नि:शुल्क हुने

गज्जब नेपाल
२०७७ कार्तिक २५, मंगलवार ०८:०६

२५ कार्तिक २०७७, काठमाडौँ

अब सरकारले कोभिड–१९ संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने भएको छ । चौतर्फी आलोचना र दबाबपछि मन्त्रिपरिषद्ले सोमबार उक्त निर्णय गर्दै यससम्बन्धी तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशनसमेत दिएको एक मन्त्रीले जानकारी दिए

‘प्रस्ताव स्वास्थ्य मन्त्रालयले गरेको हो, परीक्षण र उपचार निःशुल्क गर्नेसम्बन्धी विस्तृत खाका तयार पारी उसैले सर्वसाधारणलाई जानकारी गराउनेछ,’ ती मन्त्रीले भने ।

कोरोना भाइरसको परीक्षण र उपचार निःशुल्क गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको थियो । सरकारले भने सबै नागरिकको निःशुल्क परीक्षण र उपचार गर्न नसकिने भन्दै सर्वोच्चको फैसलामाथि पुनरावलोकन निवेदन दिएको थियो ।

सर्वोच्चले फैसला पुनरावलोकन नगर्ने निर्णय सुनाइसकेको छ । यसबीचमा अदालतको आदेश कार्यान्वयन नगरेको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई विपक्षी बनाई अवहेलना मुद्दासमेत दर्ता भएको थियो । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले पनि संक्रमितको परीक्षण तथा उपचार निःशुल्क गर्न सरकारलाई निर्देशन दिएको थियो । चौतर्फी दबाब परेपछि सरकार परीक्षण र उपचारमा शुल्क नलिने निर्णयमा पुगेको हो ।

‘यससम्बन्धी केही मापदण्ड स्वास्थ्य मन्त्रालयले पक्कै बनाउनेछ,’ एक मन्त्रीले भने । कोरोना परीक्षण र उपचार सेवा सरकारी प्रयोगशाला र स्वास्थ्य संस्थामा मात्र हुनेछ  ।

Next Post

लोकेन्द्र जिसीको ‘तिम्रै दिलको दरबारमा’ सार्वजनिक (भिडियो)

२०७७ कार्तिक २५, मंगलवार ०८:०६
दैलेखी कलाकार लोकेन्द्र जिसी कुमारको शव्द तथा संगीतमा ‘तिम्रै दिलको दरबारमा’ सार्वजनिक भएको छ । हालै दैलेखका प्राकृतिक सौन्दर्य सहितका पर्यटकीय क्षेत्रहरुमा छायांकन गरिएको उक्त म्यूजिक भिडियो सार्वजनिक भएको हो । गीतमा चर्चित गायिका टिका पुन र प्रेम मल्ल (आशा) ले स्वर रहेको छ । राजनकुमार बैश्यको निर्देशनमा बनेको म्यूजिक भिडियोमा […]

याे पनि पढ्नुहाेस्