निजि सम्पत्तिका निमित्त राजनीति गरेको कदापि होइन: सुवेदी

"बाले नापिदिनुभएको तीन रोपनी सालघारी भित्रको खेत बाहेक कुनै जग्गा र घरघडेरी छैन"

गज्जब नेपाल संवाददाता
 
२०७९ बैशाख २७, मंगलवार २३:१८ मा प्रकाशित

बैशाख २७, २०७८ दैलेख –

नौमुले गाउँपालिका दैलेखका अध्यक्षका उम्मेदवार छवि सुवेदीले निजी सम्पतिको लागि राजनीति नगरेको  बताएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत मत माग्दै सुवेदीले जनता र देशको सेवा गर्ने इमान्दार प्रयत्न गरेको दाबी गरेका छन् ।

उनले लेखेका छन्:

दैलेख बजारमा बिहानको खाना रु १००, बेलुकीको खाना रु १०० अनि खाजा औसतमा रु ५० को खान्छु । पछिल्लो दिनहरुमा अधिवक्ताको हैसियतले वकालत गर्दै आएको छु।

अहिलेसम्म पारिश्रमिक मागेर लिएको छैन। नौमुले गाउपालिकाको न्यायिक समितिले कानुनी कक्षाका लागि आग्रह गरेपछि मैले दुइटा कक्षा लिएको थिए। दुई वटा कक्षाको पारिश्रमिक र यातायात खर्च भनेर झन्डै बाह्र हजार रुपैया दिनुभएको थियो।

त्यति धेरै किन दिनु भयो भनेर सोध्दा हजुरहरुलाइ हाम्रो कार्यविधि अनुसार यति दिन मिल्छ भन्नुभयो । मैले सो मध्यको रु दस हजार एकजना मृगौला रोगीलाई सहयोग स्वरुप दिए। धेरै पछि रु सात हजार रकम बेरुजु आएको खबर प्राप्त भयो।

प्रारम्भिक प्रतिवेदन आएको लगत्तै मैले तिरिदिए। स्थानीय सरकारको लापरबाहीको शिकार भैइएछ भनेर ग्लानी भयो। गाउपालिकाका सिमित पदाधिकारीसङ्ग मात्र रहने उक्त प्रतिवेदन सामाजिक संजालमा सार्वजनिक गरेर केही साथीहरुले छवि त सत्तामा नपुग्दै भ्रष्टाचारी भयो भनेर प्रचार गर्नुभयो ।

आजसम्म मैले मेरो एक मात्र सन्तान छोरीको लागी या जीवनसाथीको लागि कुनै खर्च व्यहोरेको छैन । आफू जहाँ छु त्यहाबाट गरिब जनता र देशको सेवा गर्ने ईमानदार प्रयत्न गरेको छु।

आफ्नो व्यक्तिगत घर घडेरी जोडेको छैन। बैंकमा अघिल्लो चुनाव हारेपछी वा विजयी भएपछि सभा गर्नुपर्छ भनेर बचाएको जीवनसाथीले ल्याएको रकमबाट रा बा बैंकमा खाता खोलिदिनुभएको थियो। त्यसमा कति पैसा छ सबैले हेर्न सक्नुहुन्छ ।

मेरो नाममा बाले २०४९ सालमा नापिदिनुभएको तीन रोपनी सालघारी भित्रको खेत छ। अन्य कुनै जग्गा जमीन या घरघडेरी छैन। वकालतबाट स्वेच्छिक रुपमा प्राप्त भएको रकम जम्मा गरेको छैन।

दुखमा परेका मानिसहरुलाई दिएको छु। निजि सम्पत्तिका निमित्त राजनीति गरेको कदापि होइन । यसपाली नौमुले बासी आदरणीय आम मतदाताहरुले अवश्य विश्वास गर्नु हुनेछ !

। यसपटक नौमुलेवासी आदरणीय आममतदाताहरुले अवश्य विश्वास गर्नुहुनेछ।

Next Post

सामाजिक सञ्जालमा चुनाव प्रचार रोकिएन: लाइक, कमेन्ट र शेयर गर्नेलाई यस्ताे कारबाही हुने

२०७९ बैशाख २७, मंगलवार २३:१८
बैशाख २८, २०७९ काठमाण्डाै – यही वैशाख ३० गते हुने  स्थानीय तहकाे चुनावका लागि हिजाे मङ्गलवार मध्यरातिदेखि मौन अवधि चलिरहेको छ । यो समयमा दल तथा उम्मेदवारले मत माग्ने विषयसँग सम्बन्धित कुनै पनि क्रियाकलाप गर्नु हुँदैन । भौतिक रूपमा नारा जुलुस, भेला, र्‍याली लगायतका गतिविधि निकै कम भए पनि सामाजिक […]

याे पनि पढ्नुहाेस्