२७ पुस २०७७, दैलेख
दैलेखमा एकजना मिनीट्रक चालक ट्रकभित्रै मृत अवस्थामा फेला परेका छन् । बिरेन्द्रनगर न.पा. १० बस्ने ४५ वर्षीय चालक गंगा बहादुर सुनार ट्रकभित्रै मृत अवस्थामा भेटिएकाे जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख (डिएसपि) अनुपम श्रेष्ठले गज्जव नेपाललाइ जानकारी दिए ।

सुर्खेतबाट दैलेखकाे दुल्लूतर्फ जाँदै गरेकाे लु.अ.अ. मा. ९८१४ नम्बरको मिनि ट्रकका चालक दुल्लु नगरपालिका वडा नं. १ तल्लो डुङ्गेश्वर बजार पुगी ट्रकको सिटमै सुतेका थिए । मृतककाे वारेमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएकाे छ ।


