गाउँ गाउँमा जीवन उपयोगी सीप सिकाउन २५ जना प्रशिक्षक तयार गरिँदै

गज्जब नेपाल
२०७७ चैत्र ५, बिहीबार १८:५८

दैलेख, ५ चैत्र, २०७७

दैनिक जीवनमा आइपर्ने समस्या समाधान, निर्णय लिने क्षमता तथा सम्वेग नियन्त्रण लगायतका करिब एक दर्जन जीवन उपयोगी तथा वित्तीय सीपहरु सिकाउन प्रशिक्षक प्रशिक्षण तालिम दैलेखमा सुरु भएको छ । बिहीबारदेखि दैलेख सदरमुकाममा सुरु भएको तालिम ५ दिनसम्म चल्ने छ ।

तालिम पश्चात प्रशिक्षकहरु गाउँ गाउँमा गएर जीवनोपयोगी तथा वित्तीय सिप तथा धारणाको विकास गर्ने उद्देश्य राखिएको तालिमका प्रशिक्षक कृपाराम थापाले बताए । तालिममा जिल्लाका २५ जना यूवा यूवती सहभागी छन् ।

एभरेष्ट क्लव दैलेख अन्र्तगत सञ्चालित सेभ द चिल्ड्रेन युवा सशक्तिकरण बुलगारी परियोजना मार्फत तालिम आयोजना गरिएको परियोजना अधिकृत टेकराज न्यौपानेले जानकारी दिए । प्रशिक्षक प्रशिक्षण तालिममा परियोजनाको कार्यक्षेत्र रहेको गुराँस गाउँपालिका र चामुण्डा विन्द्रासैनी नगरपालिकाबाट सहभागी छन् ।

स्थानीय शिक्षक शिक्षिका, सहकारीका प्रतिनीधि, यूवा क्लवमा आवद्ध यूवा यूवतीलाई छनौट गरि तालिममा सभभागी गराइएको एभरेष्ट क्लवका सदस्य कृष्ण केसीले जानकारी दिए ।

Next Post

दैलेखमा बृहत खेलकुद प्रतियोगिताकाे तयारी पुरा, पुरस्कार राशी ५० हजार

२०७७ चैत्र ५, बिहीबार १८:५८
दैलेखमा बृहत खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । वसन्त ऋतुको आगमनसंगै आयाेजना गरिएकाे वृहत खेलकुद प्रतियाेगिता शुक्रबार उद्घाटन हुँदैछ । ‘खेल खेलाडीका लागि खेलाडी राष्ट्रका लागि’ भन्ने मुल नारा सहित कौशल मल्टिपल एकेडेकीको आयोजनामा चैत ६ देखि ९ गतेसम्म प्रतियाेगिता सञ्चालन हुने छ । फुटसल खेल नारायण क्याम्पसको […]

याे पनि पढ्नुहाेस्