एकीकृत समाजवादीले टुङ्गायो १९ उमेदवार, कहाँ को? (सूचीसहित)

गज्जब नेपाल
२०७९ आश्विन २२, शनिबार

काठमाडौं ।

एकीकृत समाजवादी पार्टीले आफ्नो भागमा परेका १९ क्षेत्रमा उमेदवारको टुंगो लगाएको छ । शुक्रबार राति बैठक बसेर उमेदवार टुंगो लगाएको जनाइएको छ ।

यी हुन् समाजवादीले टुंगो लगाएका प्रतिनिधिसभाका उमेदवार

१. इलाम क्षेत्र न. १ – झलनाथ खनाल

२. उदयपुर क्षेत्र न. २ – जगन्नाथ खतिवडा

३. रौतहट क्षेत्र न. १ – माधवकुमार नेपाल

४. बारा क्षेत्र न. ४ – कृष्णकुमार (किसान) श्रेष्ठ

५. काठमाडौं क्षेत्र न. ८ – जीवनराम श्रेष्ठ

६. ललितपुर क्षेत्र न. २ – कृष्णलाल महर्जन

७. धादिङ क्षेत्र न. १ – राजेन्द्रप्रसाद पाण्डे

८. मकवानपुर क्षेत्र न. २ – विरोध खतिवडा

९. कास्की क्षेत्र न. २ – श्रीनाथ बराल

१०. गुल्मी क्षेत्र न. २ – रामकुमारी झाँक्री

११. पाल्पा क्षेत्र न. २ – सोमप्रसाद पाण्डे

१२. रुपन्देही क्षेत्र न. २ – राजु गुरुङ

१३. दाङ क्षेत्र न. १ – मेटमणि चौधरी

१४. सल्यान – प्रकाश बुढाथोकी (ज्वाला)

१५. डोल्पा – धनबहादुर बुढा मगर

१६. दैलेख क्षेत्र न. १ – अम्बरबहादुर थापा

१७. अछाम क्षेत्र न. १ – शेरबहादुर कुवँर

१८. बझाङ – भानुभक्त जोशी

१९. डोटी – प्रेमबहादुर आले

Next Post

एमालेका गाेपाल नेपाली दैलेख १ बाट स्वतन्त्र लड्दै

२०७९ आश्विन २२, शनिबार
२३ असाेज २०७९, दैलेख– एमाले नेता गोपाल नेपालीले दैलेख निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषदका सदस्य नेपालीले स्वतन्त्र उम्मेदवारी दिने बताएका छन् । उनले नेकपा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी र्दता गराउन लागेका हुन् ।