राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तर्गत दैलेखमा न्यूनतम प्याकेज कार्यान्यवन

गज्जब नेपाल
२०७७ फाल्गुन ८, शनिबार

८ फागुन २०७७, दैलेख

राष्ट्रिय प्रारम्भिक पढाइ कक्षा कार्यक्रम अन्र्तगत न्यूनतम प्याकेज कार्यान्वन दैलेखमा पनि सुरु भएको छ । प्रारम्भिक कक्षामा पठन सिपलाइ थप सहयोग गर्नका लागि जिल्लामा न्युनतम प्याकेज कार्यान्वय गरिएको हो । यू.एस.ए.आई.डि.को आर्थिक र प्राविधिक सहयोगमा नेपाल सरकारले देशभरका ३८ जिल्लामा यो कार्यक्रम लागु गरेको छ ।

जिल्लाका कक्षा १ देखि ३ सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालयलाई सन्दर्भ सामागि बितरण गरिसकेको शिक्षा विकास तथा समन्वय इकाइ दैलेखका प्रमुख तेज बहादुर थापाले जानकारी दिए । शिक्षण सामाग्रीको व्यवस्थापनका लागि विद्यालय क्षेत्र विकास कार्यक्रममार्फत पनि सम्पुर्ण सामुदायिक विद्यालय हरुलाइ  ९ हजारका दरले उपलब्ध गराइसेको थापाले जानकारी दिए ।


शिक्षा विकास तथा समन्वय इकाइ दैलेखका प्रमुख तेज बहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेर काम सुरु गरिएको हो । जिल्ला समन्व्य समितिले पहिलो चरणमा नारायण नगरपालिका र दुल्लू नगरपालिकाका ८ वटा विद्यालयको अनुगमन गरिने जानकारी दिए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र अनुसन्धान तथा गुणस्तर सुधार शाखाको निर्देशन अनुसार नै सरोकारवालाहरु संग समन्वय गरि जिल्ला समन्व्य समिति गठन गरिएको संयोजक थापाले जानकारी दिए । समन्वय समितिका सदस्यहरुमा शिक्षा विकास तथा समन्वय इकाइ दैलेखका प्राविधिक सहायक रतन बहादुर विष्ट, शिक्षक महासंघ दैलेखका प्रतिनिधी सन्त बहादुर खड्का, नेपाल पत्रकार महासंघको तर्फबाट तीर्थ भण्डारी, गैरसरकारी संस्था महासंघको तर्फबाट गीता बस्याल रहेका छन् ।

यस्तै विद्यालय व्यवस्थापन समितिको तर्फबाट महारुप खत्री, शिक्षक अभिभावक संघका प्रतिनिधी राजेश राना, विषय विज्ञको तर्फबाट भक्त बहादुर थापा, डुङ्गेश्वर गाउँपालिकाका र दुल्लू नगरपालिकाका शिक्षा अधिकृतहरु मन बहादुर गौतम र विकास जंग शाही रहेका छन् ।

Next Post

दैलेखमा भेटिए गज्जबका बालक, जाे आफ्नै साथीहरुलाई पढाउछन्

२०७७ फाल्गुन ८, शनिबार
दैलेखकाे दुल्लू नगरपालिका-८ दैलेखकाे महादेव आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्र विपिन कुमार भट्ट आफ्नै साथीहरुलाई पढाउछन् । हेर्नु्हाेस् भिडियाेमा……