आज वीपी कोइरालाको जन्मदिन,नेपाली कांग्रेस र पार्टीका भ्रातृ सङ्गठनले देशभर कार्यक्रम गर्दै

केशबराज पाैडेल
२०७९ भाद्र २४, शुक्रबार १०:०५

काठमाण्डौ – प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम्  नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला वीपीको जन्मजयन्ती  विभिन्न कार्यक्रम गरी आज  मनाइँदैछ ।
१९७१ साल भदौ २४ गते जन्मिएका कोइरालाको जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस र पार्टीका भ्रातृ सङ्गठनले देशभर कार्यक्रम गर्दैछन् ।
जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले लगाएको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । भारत निर्वासनमै वीपीले भारतको स्वतन्त्रता सङ्ग्राममा पनि भाग लिनुभयो ।
प्रजातन्त्र स्थापनाको मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो । क्रान्तिको सफलतापछि मोहन शम्शेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा वीपी गृहमन्त्री बने ।

२०१५ सालको आम चुनावमा कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए ।
२०१७ साल पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइराला लगायत नेतालाई सुन्दरीजल बन्दीगृहमा राखिएको थियो ।
२०२५ सालमा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको प्रवाह नगरि २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ उनी स्वदेश फर्किएका थिए । । उनले अपनाएको राष्ट्रिय मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको छ ।
नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । २०३९ साल साउन ६ गते उनको निधन भएको थियो।

Next Post

हेटौंडामा विद्यालयको गेटले च्यापिएर विद्यार्थी घाइते

२०७९ भाद्र २४, शुक्रबार १०:०५
हेटौंडा – हेटौंडामा विद्यालयको गेटले च्यापिएर एक विद्यार्थी गम्भीर घाइते भएकी छिन । हेटौंडाको भीमफेदी गाउँपालिका–४ निबुवाटारस्थित बाराही माध्यमिक विद्यालयको फलामको गेट एक्कासी ढल्दा च्यापिएर सोहीविद्यालयमा कक्षा १ मा अध्यययनरत ५ वर्षीया छात्रा मालती पाख्रिन गम्भीर घाइते भएकी हुन्। पाख्रिनलाई विद्यालय छुट्टी भएर घर जाने क्रममा गेट ढलेर थिचेको मकवानपुरका […]

याे पनि पढ्नुहाेस्