युरोपा लिगमा इन्टर मिलान अन्तिम चारमा प्रवेश

गज्जब नेपाल
२०७७ श्रावण २७, मंगलवार १७:२५

काठमाण्डौ

जर्मन क्लब बायर लिभरकुसेनलाई हराउँदै इटालियन क्लब इन्टर मिलान युरोपा लिगको अन्तिम चारमा प्रवेश गरेको छ । गएराति भएको खेलमा इन्टरले लिभरकुसेनलाई दुई एक गोलले हरायो । खेलको ३० मिनेटमा भएको गोल नै अन्तिमसम्म निर्णायक बन्यो । खेलको १५ औं मिनेटमा निकोलो बरेलाले २० यार्डबाट प्रहार गरेको उत्कृष्ट सट सोझै गोलमा परिणत भएको थियो । त्यसपछि २१ औं मिनेटमा एस्ले योङको पासमा रोमेलु लुकाकुले लिभरकुसेनका डिफेन्डरलाई बिट गर्दै अर्काे गोल गरे।

जसका कारण इन्टरले खेलमा दुई शून्यको अग्रता बनायो । इन्टर मिलानका स्ट्राइकर लुकाकुले यो सिजनमा ३१ औं गोल गर्न सफल भए । यसका साथै उनको युरोपा लिगमा लगातार नवौं गोल पनि हो । लुकाकु यूईएफए कपमा लगातार नौ खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन । दुई गोलले पछि परेको अवस्थामा चेल्सीमा आउने चर्चामा रहेका केइ हाभेर्टजले गोल गर्दै लिभरकुसेनको अन्तर कम गरेका थिए । उनले खेलको २५ औं मिनेटमा डि-बक्स भित्रबाट पाएको मौकालाई सदुपयोग गरेका हुन । दोस्रो हाफमा दुवै टिमबाट पाएको मौकाको सदुपयोग हुन सकेन र इन्टर मिलानले अन्तिम चारमा स्थान बनायो । दोस्रो हाफमा इन्टरले लिभरकुसेनमाथि राम्रो दबाव बनाएको थियो ।

Next Post

वीपी साहित्य सम्मान पुरस्कार २०७७ ज्ञानमणि नेपाललाई

२०७७ श्रावण २७, मंगलवार १७:२५
 काठमाण्डाै यस वर्षको वीपी साहित्य सम्मान पुरस्कार २०७७ वरिष्ठ साहित्यकार तथा इतिहासकार ज्ञानमणि नेपालले प्राप्त गर्नुहुने भएको छ । वीपी कोइराला स्मृति ट्रस्टले प्रत्येक वर्ष प्रदान गर्दै आएको एक लाख एक हजार राशिको पुरस्कार यस वर्ष साहित्यकार तथा इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गर्ने निर्णय भएको ट्रस्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले […]