नवलपरासीमा कसरी मरे दर्जनाै गिद्द? यस्ताे छ कारण ।

लाेपाेन्मुख चरा गिद्द मारिनु दुखद घटना

गज्जब नेपाल
२०७८ बैशाख ८, बुधबार १७:५०

नवलपरासीको रामग्राम नगरपालिका वडानम्बर ४ स्थित एउटा चौरमा मंगलबार दिउँसोबाट गिद्धहरू झोक्राएर बस्न थाले। एकछिनमा उनीहरू बसेकै ठाउँमा भुइँमै ढले। एउटा-दुइटा होइन, दर्जनौं गिद्दहरू मर्न थालेपछि के भएको रहेछ भनेर गाउँलेहरू हेर्न गए।

रामग्राम-४ का वडा अध्यक्ष मदन यादवका अनुसार हेर्न जाँदा गाउँलेहरूले चौरमा तीन वटा मरेका कुकुर देखे। ‘कसैले ती कुकुरलाई विष खुवाएर मारेछ। तीनै कुकुर खाएर गिद्धहरू पनि धमाधम मरे,’ वडाअध्यक्ष यादवले भने,‘अहिलेसम्म ६०-६५ गिद्ध मरिसके।

१५-२० वटा अझै झोक्राएर बसेका छन्।’  सुरूमा कुकुरको मासु खाएका गिद्धहरू मरेको र पछि कम मासु खाएका गिद्धहरू अहिले झोक्राएर बसेको हुन सक्ने यादवले बताए। कुकुरलाई विष खुवाएर कसले मार्‍यो भन्ने पत्ता नलागेको वडा अध्यक्ष यादवले बताए।

‘कुकुरलाई त्यसरी मार्न पाइन्न। मारे पनि सुरक्षित रूपमा गाड्नु पर्ने हो। विष खुवाएर कुकुर मारे। चौरमा फालिदिएर फेरि गिद्ध मरे,’ वडाध्यक्ष यादवले भने,‘कुकुर मार्ने मान्छेको खोजी गर्न मैले नगरपालिका र प्रहरीलाई भनेको छु।’

कुकुरको मासु खाएर मरेका गिद्धलाई खाल्डो खनेर गाड्ने तयारी भइरहेको उनले बताए। ‘गिद्ध लोपोन्मुख चरा हो। संरक्षण गर्नु पर्ने जीव यसरी मरेको देखेर दु:ख लागेको छ,’ वडा अध्यक्ष यादवले भने,‘दुर्गन्ध नफैलियोस् भनेर हामी सुरक्षित तरिकाले मरेका गिद्ध गाड्दै छौं।’

Next Post

देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय

२०७८ बैशाख ८, बुधबार १७:५०
वैशाख १३, २०७८ काठमाडौँ — कोरोना भाइरसको संक्रमण बढ्दै गएको र त्यो नियन्त्रणबाहिर जाने लागेको भन्दै सरकारले अर्को निर्णय नभएसम्म मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त निर्णय लिएको मन्त्रीहरूले जानकारी दिएका छन् । यसअघि नै विद्यालय बन्द गर्ने निर्णय भइसकेको छ । भर्चुअल […]