जय विन्द्रासैनी युवा क्लब दैलेखको आयोजनामा पब्लिक स्पिच हुने भएको छ । पब्लिक स्पिचका बारेमा जानकारी दिनका लागी आज दैलेख सदरमुकाममा पत्रकार सम्मेलन भएको थियो । जय विन्द्रासैनी युवा क्लब दैलेखको आयोजना तथा बास नेपाल दैलेखको सहजिकरणमा जिल्लामा पहिलो पटक पब्लिक स्पिच हुने भएको छ ।
पब्लिक स्पिच जिल्लाका ११ वटै पालिकामा गरिने जय विन्द्रासैनी युवा क्लबका अध्यक्ष पृथ्वी विक्रम शाहीले बताएका छन। उनले जिल्लाका ११ वटै पालिकामा पहिलो पटक यस्तो कार्यक्रम गर्न लागिएको बताए । जिल्लाका ११ पालिकाबाट छनोट भएका ३३ जना प्रतिस्पर्धीहरुको जिल्ला स्तरको पब्लिक स्पिच कार्यक्रम यही फागुन ७ र ८ गते चामुण्डा बिन्द्रासैनी नगरपालिकामा हुनेछ।पालिका स्तरको कार्यक्रम माघ ४ गते आठविस नगरपालिकाबाट सुरु हुनेछ, हरेक दिन हुने पालिका स्तरको कार्यक्रम माघ १४ गते गुराँस गाउँपालिकामा समापन हुनेछ ।
पब्लिक स्पिच २०८१ का लागी ७ वटा बिषयहरु सार्वजनिक गरिएको छ । (सुशासन र भ्रष्टाचार, दिगो विकासका लागि युवा, लागु औषध दुर्व्यसनी, युवा स्वरोजगार, लैङ्गिक हिंसा न्यूनीकरण, जलवायु परिवर्तन र कला संस्कृति) पालिका स्तरिय कार्यक्रममा आफूले चाहेको विषयमा स्पिच दिन सकिने छ भने जिल्ला स्तरिय स्पिच का लागी फाइनलमा प्रवेश गर्ने सहभागिको हकमा तोकिएका विषयमा गोलाप्रथा गरिनेछ । सहभागिले गोलाप्रथामा आफुलाई परेकोविषयमा प्रस्तुती दिनु पर्नेछ ।
पलिका स्तरिय प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्तोनाले नगद पुरस्कार र कदर पत्र पाउनेछन ।यस्तै जिल्ला स्तरिय स्पिचमा प्रथम, द्धितिय, तृतीयले ३३ हजार, २२ हजार र ११ हजार पुरस्कार पाउने छन् । प्रतिस्पर्धिहरबाट एक जनाले २५ हजारको पब्लिक च्वाइस अवार्ड र पालिकाहरूबाट सहभागीहरू मध्ये इसेवाका माध्यमाबाट सर्वोत्कृष्ट मत प्राप्त गर्ने एक प्रतियोगीलाई पब्लिक च्वाइस अवार्ड प्रदान गरिने क्लव जनाएको छ ।
प्रत्येक सहभागीलाई ५ मिनेट समय दिइनेछ । हुन लागेको पब्लिक स्पिच बाट विद्यार्थी, युवाहरूको बौद्धिक क्षमताको बिकास हुने,वाक क्षमता,भाषणकला क्षमता अभिबृद्धि जस्ता उपलब्धि हुने आशा गरिएको छ ।