२६ भाद्र २०७७, दैलेख
रिसकाे झाेकमा एउटा निर्दाेश पशुलाइ अंगभंग हुनेगरि काटिनु कत्तिकाे जायज हाेला ? कुनैपनि मानिसहरूकाे रिसमा विचरा गाेरूकाे के दाेष हाेला र ? न त पशुले गल्ति गरेकाे थाहा पाउछ न त सजाए, तर दैलेखमा भने धारिलाे हतियारले मरणाासन्न हुने गाेरूकाे मुख, खुट्टा र पुच्छर काटिएकाे छ ।

दैलेखको भैरवी गाउँपालिका वडा नं.–२ माझबाडाका सोविन थापाको आफ्नै बारीमा बाँधिएका गोरुको खुट्टा, मुख र पुच्छर काटेको अवस्थामा भेटिएका हुन । विहान घाँस हाल्न जाँदा गोरु रक्ताम्मे अवस्थामा भेटिएको पीडित थापाले बताए । उनले ‘गोरुको अघिल्लो रातीनै खुट्टा र मुख काटिएको अनुमान गरेका छन । विहान एक्कासी थाहा पाएपछि उनले गाउँपालिका र प्रहरीलाई खवर गरेका थिए ।

आरोपितहरु संग आफ्नो दुई वर्षअघि नै सामान्य विवाद भएको बताए । थापाले घटना भएको अघिल्लो दिन पनि गोरुका विषयमा सामान्य विवाद भएको जानकारी दिएका छन । सोही विवादका कारण विष्टले दुवै गोरुको विभत्स ढंगबाट मरणासन्न हुनेगरि काटेको थापाको आरोप छ ।
शुक्रबार बिहान साे घटनामा संलग्न रहेकाे अाराेपमा प्रहरीले २ जनालाइ पक्राउ गरिसकिएकाे जिल्ला प्रहरी कार्यालय दैलखका प्रहरी निरीक्षक उप्रन्द्र प्रसाद अाचार्यले बताए । उनले मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २७ को पशुपक्षी सम्बन्धी कसूरको दफा २८९ को उपदफा २ अनुसार त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्ष सम्म कैद हुने व्यवस्था रहेकाे बताए ।
साथै, उपदफा तीनमा कसैले गाई वा गोरुलाई कुटी अङ्गभङ्ग पारेमा निजलाई छ महिनासम्म कैद र अन्य चोट पु¥याएमा पचास हजार रुपैयाँँसम्म जरिबाना हुने पनि उल्लेख रहेकाेले दाेषिलाइ साेही अनुसार कडा कारबाही गरिने अाचार्यले बताए ।
भिडियाे हर्नुहाेस्ः


