निषेधाज्ञा उलङ्घन गरेकाे भन्दै दैलेख प्रहरीले एकजनालाइ कुटपिट गरेकाे छ । निषेधाज्ञाकाे दोश्रो दिन विहिबार प्रहरीले सर्बसाधारणलाई अनाबश्यक हिडेको भनि कुटपिट समेत गरेको गुनासाे आएकाे छ।
‘दैलेख सदरमुकाममा केही अत्याबश्यक सामाग्री खरिद गरी डेरा तर्फ जान लाेगेकाे बेला प्रहरी हवल्दार मंगल चौधरी र अर्का जवानले कुटपिट गरे’ स्थानीय लक्ष्मि अधिकारीले भनिन् ।
‘मलाइ कहाबाट आएको भन्दा मैले सानो स्वरमा जवाफ दिएकाे भन्दै प्रहरी हवल्दारले जवानको हातमा रहेको लाठि खोसी कम्मरमा हिर्काउनुभयाे’ अधिकारीले दुखेसाे गरिन् । यता प्रहरी निरिक्षक इन्द्रजित सुनारले प्रहरीले कुटपिट गर्न पाउने भन्दै अधिकार समेत प्राप्त गरेकाे जिकिर गरे ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी अनुपम श्रेष्ठले निशेधाज्ञाको अबज्ञा गरेकोले सामान्य कारबाही गरेको बताए । कारबाहीको प्रक्रिया गलत अबलम्बन भएकोले आफ्ना प्रहरी कर्मचारीलाइ यस्ता काम नगर्न र दाेहाेरिन नदिने प्रतिवद्दता व्यक्त गरे ।
जिल्ला प्रशासन कार्यालय दैलेखले गत वैशाख २१ गतेबाट निशेधाज्ञा जारी गरेको छ । बिहान ६ बजे देखी ८ः३० बजे सम्म अत्यावश्यक सेवा सञ्चालन गर्न पाउने सुचना जारी गरेकाे छ ।