जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

गज्जब नेपाल
२०८० कार्तिक १८, शनिबार ००:४२

काठमाडौँ । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताए ।

‘जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको छ’, उनले भने । दैलेखको कृषि बिकास कार्यालयको भवन चर्कियो, रुकुम र जाजरकोटमा केही घर भत्किएको जानकारी ! भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो ।

भूकम्पबाट जाजरकोटसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएपनि थप विवरण प्राप्त हुन सकेको छैन ।

Next Post

जाजरकोट भुकम्प: रुकुमको आठविसकोटमा १० जनाको मृत्यु

२०८० कार्तिक १८, शनिबार ००:४२
काठमाडौँ- जाजरकोट केन्द्रविन्दु भएर भुकम्प जाँदा रुकुमको आठविसकोटमा एकैघरका ६ जना सहित १० जनाको ज्यान गएको प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले बताए। सानीभेरी २ को पाखापानीमा २ जनाको मृत्यु भएको वडाअध्यक्ष मनोज बीसीले बताए। जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भुकम्पमा परी एकजनाको मृत्युको विवरण आएको र अरु पूर्ण विवरण […]