अष्ट्रेलियामा ६० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी बेरोजगार भएको रिपोर्ट सार्वजनिक

गज्जब नेपाल
२०७७ भाद्र १, सोमबार १६:२४

१ भदौ, अष्ट्रेलिया ।

कोभिड–१९ को महामारी पछि अष्ट्रेलियाको व्यवसायमा परेको असरका कारण करिब ६० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरु बेरोजगार भएका छन् । देशैभरिका करिब ५ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरुमा गरिएको एक अध्ययन अनुसार करिब ३९ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरुसँग आफ्नो न्युनतम आवश्यकता पूरा गर्न खर्चसमेत छैन ।

युनियन्स एनएसडब्लुले मार्च र मे महिनामा गरेको अध्ययन अनुसार करिब ३४ प्रतिशत विद्यार्थीहरु घर भाडा तिर्न नसकेर घरबारविहीन हुने जोखिममा छन् । उक्त रिपोर्ट सोमबार सार्वजनिक भएको थियो । उक्त रिपोर्टमा यो संख्या अझ बढ्नेतर्फ सचेत गराइएको छ । युटिएस र युएनएसडब्लुले गरेका सर्वेक्षणहरुमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि आगामी महिनाहरु अझै चुनौतिपूर्ण रहेको उल्लेख छ  ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरुको ज्याला चोरी भएको जागिर महामारीका कारण गुमेको र नयाँ जागिरका लागि कम ज्यालामा क्यासमा काम गर्नुपर्ने वाध्यताका कारण पनि अन्तर्राष्ट्रिय विद्यार्थीहरु अझ बढी मारमा परेका छन् ।

अन्य रिपोर्टहरुले पनि अस्ट्रेलियाको अर्थतन्त्रमा ठूलो भूमिका खेल्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरु लगायत अस्थायी भिसामा भएका कामदारहरुलाई समयमै उचित सम्बोधन गरिएन भने स्थिति भयावह हुन सक्ने चेतावनी दिएका छन् । यता आप्रवासन मन्त्री एलेन टुज भने अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई आफ्नो जोखिम आफैं मोल्न आग्रह गरे । ‘उनीहरुकै लागि त हामीले अर्ली सुपरको व्यवस्था गरेका छौं, भिसा शुल्क कम गरेका छौं,’ उनले भने, ‘हाम्रो प्राथमिकता भनेको हाम्रा नागरिक र स्थायी बासिन्दाहरुको भलाइमा रहनेछ ।’

Next Post

कालापानी–लिम्पियाधुरा–लिपुलेकका बारे नेपाल–भारत संवाद सुरु

२०७७ भाद्र १, सोमबार १६:२४
काठमाडौं, भदौं १ भारतले कालापानीमा सडक निर्माण र नेपालले नयाँ नक्शा प्रकाशन गरेपछि दुई देशबिच बढेको तिक्तताको विषयमा संवादको थालनी भएको छ । दुई देशबीच कर्मचारीस्तरमा नेपाल भारतबीच संयुक्त निरीक्षण संयन्त्र (ओभरसाइट मेकानिज्म) को सोमबार भर्चुअल बैठक भएको हो । नेपाल पक्षले समग्र परियोजनाको समीक्षा गर्दै कोरोना विरुद्धको लडाइमा भारतीय […]