गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा

गज्जब नेपाल संवाददाता
 
२०७८ श्रावण ९, शनिबार १५:१० मा प्रकाशित

 ०९ साउन २०७८

निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ। विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो। गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको बाह्य संरचनाको काम सकिसकेको छ भने भित्र उपकरण सुरक्षा जाँचको काम मात्रै बाँकी रहेको छ।

उनले भने, ‘हामी क्यालिबेरेसन फ्लाइटका लागि तयारीमा छौँ।’ क्यालिबेरेशन फ्लाइट भनेको विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदानप्रदान सही छ, छैन भनेर जाँच गर्ने हो। यसका लागि पाँच/सात सिट भएको विमान हुन्छ र त्यसले विमानस्थललाई केन्द्रित गरेर उडान गर्ने गर्दछ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नेपाल–भारत सीमा नजिक भएकाले गोरखपुर, लखनउसम्मका भारतीयले पनि गौतमबुद्ध विमानस्थलाई सहजरुपमा प्रयोग गर्ने अपेक्षा पर्यटन व्यवसायी नेपाल एशोसियसन अफ ट्राभलस एण्ड टूर एजेन्टका लुम्बिनीका अध्यक्ष सागर अधिकारीले बताए। कोभिडले तहसनहस बनाइरहँदा पनि गौतबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनपश्चात् पर्यटक आवागमन होला भन्ने विश्वासका साथ यतिबेला भैरहवा लुम्बिनी क्षेत्रमा करोडौँ लगानीमा नयाँ तारे होटल पनि निर्माण भइरहेको होटल एशोसियसन नेपालका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठ बताउँछन्।

Next Post

बरामद गरिएकाे सामान प्रहरीले नै गर्छ हिनामिना

२०७८ श्रावण ९, शनिबार १५:१०
दैलेख साउन १३, २०७८ दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेखले बरामद  गरेका समाग्री हिनामिना गरेकाे  भेटिएकाे छ । प्रहरीले विभिन्न समयमा बरामद गरेका घरेलु मदिरा बनाउन प्रयोग भएका भाँडाकुडा कबाडीसंग मिलेमताे गरि खरिद बिक्रि भएको बुझिएकाे छ । बरामद गरिएकाे जिन्सी सामानहरू आम्दानी बाध्नु पर्ने कानुनी व्यवस्था छ । तर […]