
दैलेख – दैलेखको भैरबि गाउँपालिका वडा नं. ६ निवासी वीर बहादुर रावतको छोरा रेशम रावतको २०७८ साल फाल्गुन महिनामा आफ्नै घरमा सुतिरहेको बेला एक्कासी बिरामि परे। उपचारको लागी प्रदेश अस्पताल कालागाऊ सुर्खेतमा उपचारको क्रममै रावतको हृदयघात भई मृत्यु भयको थियो । रावतले ३४ वर्षको अल्पायुमै ज्यान गुमाउदा कलिला नाबालक एक छोरा, दुई छोरी, र बुवा आमालाई पनि साहरा बिहिन बनाएर रावत अस्ताएका थिए ।
रावतले करिब चार वर्ष अघि एशियन लाईफ इन्स्योरेन्स कम्पनी लि.मा जीवन बिमा गरेका रहेछन् । रावतले बिमा कम्पनिलाई तिर्नु पर्ने नियमित तेस्रो किस्ता सम्म तिरिसक्दा एक्कासि रावतको मृत्युु भयो ।
मृत्युदाबि भुक्तानिको माग गर्दै परिवारजनले गरेको अनुरोध लाई एशियन लाईफ इन्स्योरेन्स कम्पनी लि.शाखा कार्यालय दैलेखले गत शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै पालिका स्तरका विभिन्न ब्यक्तित्व हरुलाई आमन्त्रण गरि भैरबि गाउँ पालिका वडा नं. ६ स्थित खम्मागाडे बजारमा एक कार्यक्रमका बिच रावतकी धर्मपत्नी भुमिसरा रावतलाई (५६७६६४ )पाँच लाख सत्सठि हजार छ सय चौसठी रुपयाँको चेक हस्तान्तरण गर्दै पालिका अध्यक्ष तथा उक्त कार्यक्रमका प्रमुख अतिथी रिता शाहीले भनिन जिबनका लागि बिमा आवश्यक छ केही समयको लागी यसले ओेैषधि उपचारको सहयोग गर्छ र आगामि दिनहरुमा रावतका बालबालिकाको पठनपाटनको लागि बिद्यालयले निणर्य गरि पालिकामा आयको खण्डमा छात्रवृत्ति मा पढाउने प्रतिबद्ता जाहेर गरिन ।
उक्त कार्यक्रममा पालिका उपाध्यक्ष देबि भण्डारी, बिमा शाखा कार्यालय दैलेख का प्रमुख डम्मर बहादुर कार्कि लगाएत उपस्थित समाज सेवीहरुले पनी धारण राखेका थिए ।


